
काठमाडौं, २४ मंसिर । नेपालका लागि श्रीलंकाका राजदुत हिमानी अरुणातिलकाले नेपाल चेम्बर अफ कमर्सका पदाधिकारीहरुसँग शिष्टाचार भेटवार्ता गरेकी छिन् ।
भेटमा चेम्बरका अध्यक्ष राजेश काजी श्रेष्ठले आगामी फेब्रुअरीमा हुने नेपाल चेम्बर एक्स्पो २०२० मा श्रीलङ्काबाट समेत सहभागिताका लागि अनुरोध गरे । श्रीलङ्कामा हुने औद्योगिक÷ब्यापारिक मेलामा नेपाली ब्यावसायीको सहभागिताका लागि समेत प्रतिबद्धता व्यक्त गरे । उनले नेपाल भ्रमण वर्ष २०२० मा समेत श्रीलङ्काबाट अपेक्षित पर्यटकहरु नेपाल भित्र्याउन सफल हुने विश्वास व्यक्त गरे ।
त्यस्तै, नेपालका लागि श्रीलङ्काका राजदुत हिमानी अरुणातिलकाले दुई मुलुकबीच संयुक्त आर्थिक आयोग गठन भएता पनि यसले मूर्त रुप लिन नसकेको तर पर्यटन, व्यापार, लगानी, हवाई सम्पर्कमा गहन छलफल गरी आफ्नो कार्यकालमा आयोगको सक्रियता बढाउने बताए । वस्तु व्यापारका साथै सेवा व्यापारमा समेत जोड दिदै उनले प्रविधि बैंकिङ्क, पर्यटन, सूचना प्रविधी आदिमा समेत द्धिपक्षीय व्यापार लगानी प्रबद्र्धनमा जोड दिइन ।
Leave a Reply