निषेधित क्षेत्रमा हेलिकप्टर उडान सहज बनाउँन व्यवसायीको माग

काठमाडौं, २४ मंसिर । वायुसेवा कम्पनीका सञ्चालकहरुले निषेधित क्षेत्रमा हेलिकप्टर उडान प्रक्रिया सहज बनाउँन पर्यटमन्त्री योगेश भटट्राईसँग अनुरोध गरेका छन् । सोमबार मन्त्री र सञ्चालकहरु बिच भएको छलफलमा भ्रमण बर्षभर नेपालका निषेधित क्षेत्रमा पनि हेलिकप्टर उडान गर्न दिनुपर्ने उनीहरुले सुझाव दिएका हुन ।
सरकारले कतिपय पर्यटकीय क्षेत्रलाई हेलिकप्टर निषेधित गरेको छ । उक्त क्षेत्रमा उडान गर्नु परेमा केही समय अगाडी नै क्यानबाट अनुमती लिनुपर्नेछ । हाल नेपालको उत्तरी सिमाना जोडिएको ताप्लेजुङ लगायत १३ जिल्लाका विभिन्न ७३ क्षेत्र निषेधित तोकिएको छ । त्यस क्षेत्रमा उडान गर्नका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को सिफारिसका लागि ७ दिन अगावै निवेदन दिनुपर्ने झन्झटिलो प्रक्रिया भएको उनीहरुले गुनसो गरेका छन् । पर्यटकलाई अग्रीम रुपमा सेवाको ग्यारेण्टी गर्ने नसकिने भएकोले सो व्यवस्था खारेज हुनु पर्ने उनीहरुले माग राखेका छन् ।
त्यस्तै सञ्चालकहरुले रामेछाप बिमानस्थलको भौतिक अवस्था सुधार नभएसम्म काठमाडौबाट नै लुक्ला सिधा उडानको माग गरेका छन् । विहान ११ बजेसम्म आन्तरिक वायुसेवालाई प्राथमिकता साथ उडान गर्ने व्यवस्था मिलाउन मन्त्रीलाई अनुरोध गरेका छन् ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *