Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

अवैध रुपमा सञ्चालित विदेशी च्यानललाई कारवाहीको दायरामा ल्याईदै, मेरो टिभिलाई पत्र काट्यो विभागले

अवैध रुपमा सञ्चालित विदेशी च्यानललाई कारवाहीको दायरामा ल्याईदै, मेरो टिभिलाई पत्र काट्यो विभागले

काठमाडौ, २४ मंसिर । सुचना तथा प्रसारण विभागले स्ट्रीम नेटवर्क प्रालि (मेरो टिभी) लाई अवैधानिक च्यानल बन्द गर्न पत्राचार गरेको छ । अवैधरुपमा विदेशी टेलिभिजन च्यानल डाउनलोड गरी प्रसारण भई रहेको पार्ईएपछि सरकारले त्यस्ता केवल अपरेटरलाई कारवाहीको दायरमा ल्याउँने भएको हो ।
विभागले यस अघि सोनी, जी र कर्लस लगायतका विदेशी च्यानलको आधिकारीक सिग्नल वितरणक रियलटेक नेटवर्क र डिजिटल सिस्टम प्रालिसँग सम्झौता नगरी अवैधानिक माध्यम र साधन प्रयोग गरी च्यानल सञ्चालन गरेको भेटिए पछि पत्र काटेको थियो ।
सरकारले ‘क्लिन फिड’ नीति लागू गर्ने तयारी गरिरहेको सन्दर्भमा विदेशी च्यानल अवैधरूपमा प्रसारण भइरहेको र त्यसबाट डीटीएच (डाइरेक्ट टु होम) को प्रयोगबाट ग्राहक तथा सरकारलाई समेत ठगी भइरहेको गुनासो आएपछि विभागले डिभाइन स्ट्रिम नेटवर्क प्रालिलाई एक साताको समयसीमासमेत दिएको थियो ।
उक्त कम्पनीले फागुनदेखि नै सोनी पिक्सर्च नेटवर्क इण्डिया, इण्डियाकास्ट मिडिया डिष्ट्रिब्युसन र डिस्कभरी नेटवर्क एशिया प्यासिफिकअन्तर्गत विभिन्न सःशुल्क च्यानलहरू अवैध डीटीएचमार्फत प्रसारण गरेको आरोप छ । ती च्यानलको आधिकारिक कारोबार गर्ने संस्था अर्कै भए पनि मोबाइल एप्सको समेत प्रयोग गरी नेपालमा अवैध प्रसारण गरेको पाइएको छ ।
राष्ट्रिय प्रसारण नियमावलीमा सर्तबमोजिम काम गर्ने मौका दिँदा पनि अटेर गरेमा मन्त्रालयले त्यस्तो प्रसारण संस्थाको इजाजतपत्र रद्द गर्न सक्ने प्रावधान छ । सम्झौताअनुसार आधिकारिक संस्थासँग अनुमति लिएर त्यसको शर्त पूरा गरेर च्यानल प्रसारण गर्न पाउने भएपनि त्यस्तो नभएको पाइएको विभागको पत्रमा उल्लेख छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x