Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

पर्यटन प्रवद्र्धनका लागि पाटा नेपालले चिनियाँ रिसर्च इन्स्टिच्यूट ‘कोट्री’ सँग सहकार्य गर्ने

पर्यटन प्रवद्र्धनका लागि पाटा नेपालले चिनियाँ रिसर्च इन्स्टिच्यूट ‘कोट्री’ सँग सहकार्य गर्ने

काठमाडौं, २३ मंसिर । प्यासिफिक एसिया ट्राभल एशोसिएसन (पाटा) नेपाल च्याप्टरले चाइना आउट बाउण्ड पर्यटकहरुलाई नेपाल भित्र्याउन मार्केटिङ तथा प्रवद्र्धनात्मक कार्यक्रम, अनुसन्धान मार्फत आवश्यक ज्ञान र तथ्य सम्प्रेषण तथा वितरण लगायतका तालिम तथा कार्यशाला आयोजना गर्न चाइना आउट बाउण्ड टुरिजम रिसर्च इन्स्टिच्यूट (कोट्री) सँग रणनीतिक साझोदार गर्ने भएको छ।

भारतको नयाँदिल्लीस्थित द पार्क होटलमा पाटा इण्डिया च्याप्टरद्वारा आयोजित ‘टुरिजम पावर हाउस’ कार्यक्रममा सहभागि पाटा नेपालका अध्यक्ष सुनिल शाक्य र कोट्रीका सिइओ प्रोफेसर डा. वोल्फ ग्याङगले साझेदारी सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

कोट्री चाइनाको आउड बाउण्ड पर्यटन बजारको सन्दर्भमा अनुसन्धान, जानकारी, तालिम, गुणस्तर निर्धारण तथा परामर्श प्रदान गर्ने विश्वकै अग्रणी एवम् प्रख्यात रिसर्च संस्था हो ।

कोट्रीसँगको सम्झौताले नेपालका लागि विश्वकै सबैभन्दा ठूलो पर्यटन बजार चीनमा रहेको बृहत अवसर र सम्भाव्यताहरुलाई उजागर गर्ने महत्वपूर्ण कदम भएको पाटा नेपालका महासचिव विभुतीचन्द ठकुरीले जानकारी दिए । उनले पाटा नेपाल र कोट्रीको सहकार्य आगामी वर्ष २०२० फेब्रुअरी २२ देखि २५ सम्म काठमाडौँमा आयोजना हुने नाईस (नेपाल–इण्डिया–चाहिना एक्सपो) देखि सुरु हुने जानकारी दिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x