Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

जनता बैंकको बोनस सेयर वितरण गर्ने प्रस्ताव स्विकृत

जनता बैंकको बोनस सेयर वितरण गर्ने प्रस्ताव स्विकृत

काठमाडौं, २८ पुस । जनता बैंक लिमिटेडको आज सम्पन्न आठौं वार्षिक साधारण सभाले चूक्ता पूँजीको १४.४० प्रतिशतका दरले बोनस सेयर वितरण गर्ने प्रस्ताव स्विकृत गरेको छ । हाल बैंकको चूक्ता पूँजी ६ अर्व ९९ करोड रुपैयाँ रहेको छ ।

त्यस्तै सभाले अन्य उपयूक्त बैंक तथा वित्तिय संस्था एक आपसमा मर्जर वा प्राप्तीका लागि आवश्यक सहमती र सम्झौता गर्ने अख्तियारी संचालक समितिलाई दिएको छ । बैंकले त्रिवेणी विकास बैंक र सिद्धार्थ डेभलपमेन्ट बैंकलाई प्राप्ती गरिसकेको छ । हाल ८८ शाखा कार्यालय मार्फत बैंकिङ सेवा दिदै आएको यस बैंकले चालु आर्थिक वर्षमा १५ स्थानीय तहमा शाखा विस्तारको योजना बनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x