Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

निलम्बित डेपुटी गभर्नर श्रेष्ठले कर्जा अपचलन गरेको ठहर

निलम्बित डेपुटी गभर्नर श्रेष्ठले कर्जा अपचलन गरेको ठहर

काठमाडौँ, २६ मंसिर । नेपाल राष्ट बैकका निलम्बित डेपुटी गभर्नर शिवराज श्रेष्ठले आफनो पदीय दायित्व भन्दा बाहिर गएर काम गरेको देखिएको छ । नेपाल राष्ट्र बैंकको अध्ययन समितिले तयार पारेको प्रतिवेदन गभर्नर डा. चिरञ्जीवी नेपाललाई बुझाएको छ ।

श्रेष्ठले एनसेललाई लगानीको तुलनामा १ अर्ब ९१ करोड बढी लाभांश लैजान दिएको समितिको प्रतिवेदनमा उल्लेख छ । त्यस्तै, ग्रान्ड बैंक (मर्जर भएर हाल प्रभु बैंक) को कर्जामा भएको घोटाला लुकाउन, तत्कालीन एपेक्स डेभलपमेन्ट बैंकको कर्जा घोटालाका दोषी बचाउन सहयोग गरेको र विदेश भ्रमणका क्रममा अनावश्यक खर्च देखाएर रकम लिएको निष्कर्ष निकालेको छ ।

कैलाश विकास बैंकको एक सञ्चालकलाई लाभांशमा लाग्ने कर छल्न र नेपाल बंगलादेश बैंकको कर्जा प्रकरण लुकाउन समेत सघाएको समितिको ठहर छ । यद्यपि, कैलाश विकास बैंक र नेपाल बंगलादेश बैंकको विषयमा भने राष्ट्र बैंकको सुपरिवेक्षण विभागलाई थप अध्ययनका लागि समितिले निर्देशन दिएको छ । समितिले बुझाएको प्रतिवेदन राष्ट्र बैंकको सञ्चालक समितिमा पेस हुनेछ । सञ्चालक समितिले टिप्पणी गर्न नमिल्ने प्रावधान रहेकै कारण समितिकै पदाधिकारीलाई छानबिन समितिमा राखिएको हो । राष्ट्र बैंकको सञ्चालक समितिले अर्थ मन्त्रालय हुँदै मन्त्रिपरिषद्मा प्रतिवेदन पेस गर्नेछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x