Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

राष्ट्रिय आर्थिक गणनाका लागि मन्त्रीपरिषद्को स्विकृति

राष्ट्रिय आर्थिक गणनाका लागि मन्त्रीपरिषद्को स्विकृति

काठमाडौं, २८ पुस । सरकारले आगामी वर्ष २०७५ मा आर्थिक गणना गर्न स्वीकृति दिएको छ । मन्त्रिपरिषद्को आजको बसेको बैठकले आगामी वैशाख १ गतेदेखि राष्ट्रिय आर्थिक गणना–२०७५ गर्नेगरी त्यसको सूची आदेश जारी गर्ने निर्णय गरेको हो ।

केन्द्रीय तथ्याङ्क विभागले आगामी वर्षदेखि आर्थिक गणना गर्नेगरी तयारी गरिरहेको छ । तथ्यांक ऐनमा यस्ता राष्ट्रिय गणना गर्दा राज्यले जनतालाई सूचना दिनुपर्ने व्यवस्थाबमोजिम मन्त्रिपरिषद्ले यस्तो स्वीकृति दिएको हो ।

मन्त्रिपरिषद्को यो निर्णय राजपत्रमा प्रकाशित भएपछि यसले कानूनी रुप पाउने छ । नेपालमा गर्न लागिएको यो आर्थिक गणना पहिलो हो । आर्थिक गणनाले मुलुकभरको समग्र आर्थिक इकाई र गतिविधिको अवस्था जानकारी दिने छ ।

त्यस्तै आजकै मन्त्रीपरिषद् बैठकले विश्वबैंकबाट ८ अर्व ऋण स्विकार गर्ने निर्णय पनि गरेको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x