विमान उडान संघमा चौधरीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

काठमाडौं, २८ मंसिर । विमान उडान संचालन सघको अध्यक्षमा कृष्णकुमार चौधरी निर्वाचित भएका छन् । संघको १३ औं वार्षिक साधारणसभाबाट चौधरीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो ।

चौधरी हिमालय एयरलाइन्समा आवद्ध छन् ।

त्यस्तै, संघको उपाध्यक्षमा यती एयरलाइन्सका सन्तकुमार प्रजापती र समीट हेलिकोप्टर्सका विनोद थापा चयन भएका छन् । महासचिवमा एयर डाइनाष्टीका बालकृष्ण पण्डित, कोषाध्यक्षमा बुद्ध एयरका सुजल जोशी र सचिवमा कैलाश हेलिकोप्टर्सका बरुण ज्ञवाली चयन भएका छन् ।

सदस्यमा सचित अर्याल, रश्मी न्यौपाने, चक्र नकर्मी, भुषण देवकोटा, विमल खड्का, रामकुमार श्रेष्ठ, रविन्द्र ढुंगेल, अनुरुप पाठक र आनन्दबाबु पाठक चयन भएका छन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *