Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

ट्रकलाईन महशुल विवाद समाधान गर्न मध्यमार्ग अपनाउन उद्योगमन्त्रीको सुझाव

ट्रकलाईन महशुल विवाद समाधान गर्न मध्यमार्ग अपनाउन उद्योगमन्त्रीको सुझाव

काठमाडौं , २९ मंसिर । ट्रक र डेडिकेटेड लाईनको विद्युत बक्यौता भुक्तानीको बिषयमा उद्योग मन्त्री लेखराज भट्टले मध्यमार्गी बाटोबाट समस्या समाधान गर्न सुझाव दिएका छन् । उद्योग मन्त्रालय र उर्जा मन्त्रालय बिच भएको छलफलमा मन्त्री भट्टले यस्तो सुझाव दिएका हुन् ।

नेपाल विद्युत प्राधिकरणले ट्रक र डेडिकेटेड लाईनको विद्युत बक्यौता भुक्तानीको लागि उद्योगीहरुलाई पत्राचार गरेको थियो । उद्योगीहरुले भने आफुले प्रयोग नै नगरेको विद्युतको लागि प्राधिकरणले भुक्तानी गर्न जबरजस्ती गरेको भन्दै सर्वोच्च अदालत हुँदै उद्योग मन्त्रालयसम्म पुगेका छन् ।

मन्त्रालय बिच भएको छलफलमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विवाद बारे स्पष्ट पारेका थिए । उनले बक्यौता भुक्तानीका लागि आफुले उद्योगीलाई सहज वातावरण बनाईदिएको बताएका थिए । प्राधिकरण र उद्योगीको बिषयमा मन्त्रिपरिषद्ले निर्णय गर्ने भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x