Date

बुध, बैशाख २६, २०८१
Wed, May 8, 2024

चेम्बरको अन्तर्राष्ट्रिय प्रर्दशनी पुस ४ देखि हुने

चेम्बरको अन्तर्राष्ट्रिय प्रर्दशनी पुस ४ देखि हुने

काठमाडौ, ३० मंसिर । नेपाल चेम्बर अफ कमर्सले पुस ४ देखि ६ गतेसम्म विशेष अन्र्तारष्ट्रिय प्रदर्शनी गर्ने भएको छ । ‘फाइभ पी’ अर्थात् प्लास्टिक, पेपर, प्रिन्टिङ, प्याकेजिङ र प्रोसेसिङका लागि नेपाल भित्रिने प्रविधिको प्रदर्शनी काठमाडौंको भृकुटीमण्डपमा आयोजना गर्न लागिएको हो ।

देशभरका ‘नेपाल फाइभ पी’सँग सरोकार राख्ने सबैलाई एकै थलोमा भेला गराई व्यापार साझेदारी, नविन प्रविधि प्रदर्शनका लागि साझा मञ्च निर्माण गर्ने उद्देश्यले उक्त प्रदर्शनी गर्न लागेको चेम्बरले जनाएको छ।

प्रर्दशनीमा भारतका एक सय भन्दा बढी कम्पनी र चीन, ताइवान, जर्मनी इटाली तथा नेपाल लगायतका कम्पनीहरुको सहभागिता जनाउने छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x