Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

एनसेलले पायो फोरजी फ्रिक्वेन्सी, सर्वोच्च अदालतले दियो कारण देखाउँ आदेश

एनसेलले पायो फोरजी फ्रिक्वेन्सी, सर्वोच्च अदालतले दियो कारण देखाउँ आदेश

काठमाडौँ, ३ पुस । नेपाल टेलिकमलाई पछि पार्दै अधिकत्तम मूल्य कबोल गरी एनसेलले १८ सय मेगाहर्ज ब्याण्डको फ्रिक्वेन्सी हात पारेको छ । बुधबार नेपाल दुरसञ्चार प्राधिकरणले गरेको बोलकबोल प्रक्रियाको तेस्रो चरणमा ५ करोड ८० लाख रुपैयाँ कबोल गरी एनसेलले फ्रिवेक्सी हात पारेको हो ।

पहिलो चरणमा एनसेलले ३ करोड १६ लाख र दोस्रो चरणमा ४ करोड ३२ लाख रुपैयाँ कबोल गरेको थियो । त्यस्तै नेपाल टेलिकमलले भने पहिलो चरणमा ३ करोड ७८ लाख र दोस्रो चरणमा ४ करोड २० लाख रुपैयाँ कबोल गरेको थियो ।

फ्रिक्वेन्सी हात पारे पनि प्रयोग गर्नु अघि एनसेलले सरकारलाई लाभकर भुक्तानी गर्नुपर्नेछ । ठूला करदाता कार्यलयका अनुसार एनसेलल सरकारलाई २२ अर्ब ४४ करोड ५३ ल ख लाभकर बुझाउँनु पर्नेछ ।

बोलकबोल प्रक्रियाबाट यता एनसेलले फ्रिक्वेन्सी हात पारे पनि सर्वोच्च अदाललत पनि सिजी दुरसञ्चार कम्पनीको रिट माथि सुनुवाई गर्दै सरकारका नाममा कारण देखाउँ आदेश जारी गरेको छ । सिजीले प्राधिकरणले नियम विपरित बोलकबोल प्रक्रिया सुरु गरेको भन्दै प्रक्रिया रद्ध गरी पाउँ भनी सर्वोच्चमा रिट दायर गरेको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x