Date

आइत, पुस २८, २०८१
Sun, January 12, 2025

विपिसिले चिनियाँ कम्पनीलाई तल्लो मनाङ मर्स्याङ्दी ८० प्रतिशत सेयर विक्री गर्दै

विपिसिले चिनियाँ कम्पनीलाई तल्लो मनाङ मर्स्याङ्दी ८० प्रतिशत सेयर विक्री गर्दै

काठमाडौं, ३ पुस । बुटबल पावर कम्पनीले १४० मेगावाट क्षमताको तल्लो मनाङ मर्स्याङ्दी जलविद्युत आयोजनाको ८०.६ प्रतिशत सेयर एससीआईजी इन्टरनेसनल नेपाल हाइड्रो ज्वाइन्ट डेभलपमेन्ट कम्पनीलाई विक्री गर्ने भएको छ । कम्पनीको पुस २४ गते हुन गै रहेको २७ औं वार्षिक साधारणसभामा स्वामित्व बिक्रीका लागि बीपीसीले विशेष प्रस्ताव लैजाने भएको छ ।

एससीआईजीमा बीपीसीको १९.४ प्रतिशत बाँकी एससीआईजी इन्टरनेसनल, जीचेङ इन्टरनेसनल इन्भेस्टमेन्ट कम्पनी, क्युआईइसी इन्टरनेसनल कम्पनी हङकङको लगानी रहने छ । मनाङमा पर्ने १४० मेगावाटको सो आयोजनाबाट ६९ करोड ८२ लाख युनिट बिजुली उत्पादन हुने संभाव्यता अध्ययनले देखाएको छ । तल्लो मनाङ मस्र्याङदी आयोजना भन्दा तल दुई आयोजनासंग क्यासकेड अवधारणामा स्रोतको अधिकतम उपयोग हुने गरी बिजुली उत्पादन बढाउने लक्ष्य रहेको बीपीसीले जनाएको छ । आयोजनाको संरचना मनाङको नासोङ गाउँपालिकाम रहनेछ । आयोजनाबाट उत्पादन हुने बिजुली नासोङ गाउँपालिकाको घेलाञ्चोक र ओडार गाउँमा प्रस्तावित २२० केभी मनाङ हवमा ल्याएर जोडिने छ ।

बीपीसीले नेपालमा १ हजार मेगावाट बिजुली उत्पादन गर्न चीनबाट २ खर्ब रुपैयाँ बढी वैदेशिक लगानी ल्याउन चिनियाँसँग सम्झौता गरेको छ । होल्डिङ कम्पनीमार्फत आउदो ५ वर्षमा थप १ हजार मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य लिइएको छ । बीपीसीले ३० मेगावाटको न्यादी आयोजनाको निर्माण गरिरहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x