Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

राजस्व चुहावट गरेको आरोपमा १ करोड ५३ लाख दाबी सहित विभागले दायर गरयो मुद्दा

काठमाडौं, ३ पुस । राजस्व चुहावट गरेको आरोपमा राजस्व अनुसन्धान विभागले दुई व्यक्तिको नाममा १ करोड ५३ लाख दाबी सहित कैलाली जिल्ला अदालतमा मुद्धा दायर गरेको छ । विभागले विगाको दोब्बरसम्म जरिवाना र ३ बर्ष कैद सजायको माग दाबी गरेको छ ।

विभागका अनुसार कैलालीका रमेश कुमार सैजु र सिता कुमारी चौधरीले २ हजार ३४९ ग्राम सुन र १० हजार ९९२ ग्राम सुन चोरी पैठारी गरी राजस्व चुहावट गरेको आरोप लगाएको छ । जिल्ला प्रहरी कार्यलय धनगढी कैलालीबाट खटिएको टोलिले बिषेश सुचनाको आधारमा कैलाली चिसापानि स्थित सडकमा बा १९ च ७४१३ नम्बरको गाँडी चेकजाँच गर्दा बिना बिल बिजक लुकाई ल्याउँदै गरेको फेला पारेको थियो । कैलालीका सैजु र चौधरीले १ करोड २३ लाख बराबरको सुन र ३ लाख ९४ हजार रुपैयाँ बराबरको चाँदी अवैध रुपमा ल्याउँदै गरेको अवस्थामा विभागले फेला पारेको थियो ।

त्यस्तै, कैलाली स्थित देउती गुट्खा इण्टस्ट्रीजका प्रोपाईटर यज्ञ बहादुर ओली समेतले २५ लाख ९२ हजार राजस्व चुहावट गरेको आरोपमा विभागले बर्दिया जिल्ला अदालतमा मुद्धा दायर गरेको छ । ओलीले अवैध रुपमा गुट्खा ओसार पसारमा गरेको भेटिएको विभागले बताएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x