Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

कर्जा ५ प्रतिशत र निक्षेप ३ प्रतिशतले बढ्यो

कर्जा ५ प्रतिशत र निक्षेप ३ प्रतिशतले बढ्यो

काठमाडौं , ३ पुस । चालु आर्थिक बर्ष २०७६÷७७ को पहिलो चार महिनाको अवधिमा बैक तथा वित्तीय संस्थाले प्रवाह गर्ने कर्जा ५ प्रतिशतले बढेको छ । अघिल्लो बर्षको सोही अवधिमा भने यस्तो कर्जा ८.५ प्रतिशतले बढेको थियो । बार्षिक विन्दुगत आधारमा २०७६ कात्र्तिक मसान्तमा बैक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा १५.६ प्रतिशतले बढेको छ ।

चालु आवको कात्र्तिक मसान्तसम्ममा बैक तथा वित्तीय संस्थाको लगानीमा रहेको कुल कर्जामध्ये ६४.५ प्रतिशत कर्जा घरजग्गाको धितोमा प्रवाह भएको छ । त्यस्तै चालु सम्पतिमा १३.६ प्रतिशत प्रवाह भएको छ ।

समिक्षा अवधिमा बैक तथा वित्तीय संस्थाले कृषि क्षेत्रतर्फ २.९ प्रतिशत कर्जा प्रवाह गरेका छन् । औद्योगिक उत्पादनमा ६.४ प्रतिशत, निर्माण क्षेत्रमा ५.४, यातायात सञ्चार र सार्वजनिक सेवा क्षेत्रमा ५.९ र सेवा उद्योगमा ७.१ प्रतिशत कर्जा प्रवाह गरेका छन् ।

३.१ प्रतिशतले बढ्यो निक्षेप
चालु आवको पहिलो चार महिनाको अवधिमा बैक तथा वित्तीय संस्थाको निक्षेप ३.१ प्रतिशतले बढेको छ । अघिल्लो बर्षको सोही अवधिमा यस्तो निक्षेप ३.६ प्रतिशतले बढेको थियो । चालु आवको कात्तिक महिनासम्ममा वित्तीय संस्थामा ७.७ प्रतिशत चल्ती निक्षेपको हिस्सा छ । त्यस्तै, ३२.५ बचत र ४८.७ मुद्धती निक्षेपको हिस्सा छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x