Date

आइत, पुस २८, २०८१
Sun, January 12, 2025

अमेरिकी राष्ट्रपति ट्रम्पविरुद्ध महाअभियोग

अमेरिकी राष्ट्रपति ट्रम्पविरुद्ध महाअभियोग

काठमाडौं, ३ पुस । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पविरुद्धको महाअभियोग प्रस्ताव पारित भएको छ । तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्स्मा गए राति महाअभियोग प्रस्तावमा मतदान भएको थियो ।

मतदानमा महाभियोगको पक्षमा २ सय ३० मत परेको थियो भने विपक्षमा १ सय ९७ मत परेको थियो ।

उनी तल्लो सदनबाट महाभियोग लगाइएका तेस्रो अमेरिकी राष्ट्रपति बनेका छन्।यसअघि एन्ड्यु जोन्सन र बिल क्लिन्टनविरुद्ध महाअभियोग लागेको थियो ।

ट्रम्पमाथि व्यक्तिगत फाइदाका लागि युक्रेनलाई दबाब दिएको भन्दै शक्तिको दुरुपयोग र संसदमा बाधा पुर्‍याएको आरोपमा विपक्षी डेमोक्र्याटिक पार्टीले महाअभियोग प्रस्ताव गरेको हो ।

तल्लो सदनमा महाअभियोग पारित भए पनि त्यसको निर्क्यौल माथिल्लो सदनले गर्ने छ । माथिल्लो सदनमा सत्ताधारी रिपब्लिकनहरुको बहुमत छ त्यसकारण महाअभियोगबाट ट्रम्प पदमुक्त हुने सम्भावना भने कम छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x