Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

चिनियाँँ मार्केट बन्दै ठमेल, नेपाली व्यवसायीलाई चिन्ता

चिनियाँँ मार्केट बन्दै ठमेल, नेपाली व्यवसायीलाई चिन्ता

झरना कँडेल काठमाडौं, ३ पुस । केही वर्षयता पर्यटकीय नगरी ठमेलमा चिनियाँ व्यापारीहरुको उपस्थिती बढ्दै गएको छ। ठमेलको ज्याठा, नरसिंहचोक, जेपिमार्ग लगायतका स्थानहरु चिनियाँँ होडिङ बोर्डले भरिएका छन् ।

होटेल, रेष्टुरेन्ट, पश्मिना र मनि चेन्जर लगायतका क्षेत्रमा चिनियाँहरुले लगानी गरेका छन् । नेपाल आउने चिनियाँँ पर्यटकहरुको संख्या बढेसँगै उनीहरुकै लागि लक्षित गरि चिनियाँँ लगानीकर्ताहरुले लगानी बढाएका हुन । सुरु–सुरुमा होटेलमा मात्रै चिनियाँँ लगानी गरिएको भएपनि पछिल्लो समय रेष्टुरेन्ट, कार्गो, पश्मिना लगायतका क्षेत्रमा चिनियाँँ लगानी थपिदै गएको स्थानीय व्यवसायीहरु बताउछन् ।

चिनियाँँ मार्केटको सुरुवात ज्याठामा साना–साना पसलबाट गरिएपनि पछिल्लो समय ठमेलका धेरै स्थानमा फैलिएको ठमेल पर्यटन विकास परिषद्का पूर्वअध्यक्ष रामशरण थपलियाले बताए ।

पछिल्लो समय चिनियाँ पर्यटकको आगमन उल्लेखनीय रहेकाले पर्यटकीय सेवामा चिनियाँ लगानी बढेको पर्यटन व्यावसायीको आँकलन छ । सन् २०१८ को तथ्यांक अनुसार नेपाल भ्रमणमा आउने पर्यटकमध्ये चिनियाँ पर्यटकको संख्या दोस्रो स्थानमा छ । चीनबाट सन् २०१८ मा एक लाख ५३ हजार ६ सय २ पर्यटक नेपाल आएका छन् । त्यस्तै सन् २०१७ मा एक लाख ४ हजार ५ सय ६४ चिनियाँ पर्यटक नेपाल भित्रिएका थिए ।

यसरी चिनियाँँ पर्यटकको उल्लेखनीय वृद्धि हुँदै जादा चिनियाँ लगानीकर्ताहरुले नेपालमा साना–साना उद्योगमा लगानी गर्दा नेपाली व्यावसायी मर्कामा परेको व्यावसायी बताउँछन् । चिनियाँ बजारको हाबीले नेपालको मौलिकता हराउने डर बढेको जानकारहरु बताउँछन् ।

परिषद्का पूर्वअध्यक्ष थपलियाका अनुसार ठमेलमा ४० प्रकृतिको व्यावसाय रहेको छ । त्यसमा पनि विशेष गरी पर्यटकको रोजाइमा हस्तकलाबाट बनाइएका मौलिक सामानहरु नै पर्ने उनी बताउँछन् । प्रविधिको बढ्दो विकाससँगै प्रतिस्पर्धात्मक व्यावसायमा अस्वस्थ प्रतिस्पर्धा नभएर विदेशी लगानीकर्ताले ठमेलको मौलिकतामै रहेर काम गरिरहेले उनको बताए ।

उनका अनुसार चिनियाँँ लगानीकर्ताले सकेसम्म नेपाली कालिगढबाटै नभएपनि नेपाली प्रविधिबाटै उत्पादन गरेका अधिकांश सामाग्रीे व्यापार गरिरहेका छन् ।

उद्योग विभागका अनुसार चिनियाँ लगानीकर्ताहरुले हालसम्म नेपालमा एक हजार ६ सय ६४ वटा योजनामा १३ अर्व ९० करोड ३२ लाख रुपैयाँ लगानी गरेका छन् ।
त्यसमध्ये पर्यटन क्षेत्रमा मात्रै २ अर्व २१ करोड ७६ लाख रुपैयाँ लगानी गरेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x