Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

नेप्से परिसूचक २.४२ अंकले घट्दा कारोबार भने १२ करोडले बढ्यो

नेप्से परिसूचक २.४२ अंकले घट्दा कारोबार भने १२ करोडले बढ्यो

काठमाडौं, ३ पुस । साताको अन्तिम कारोबार दिन बिहीबार (आज) सेयर कारोबार रकम १२ करोडले बढेको छ । बुधबार २९ करोड ४७ लाख रुपैयाँ कारोबार भएको सेयर बजारमा आज १२ करोड रुपैयाँ वृद्धि भई कारोबार रकम ४१ करोड ९० लाख रुपैयाँ पुगेको हो । तर, नेप्से परिसूचकमा २.४२ अंकले गिरावट आई बजार ११४९.६४ विन्दुमा रोकिएको छ ।

एक सय ७२ कम्पनीको १२ लाख ८९ हजार एक सय ३४ कित्ता सेयर खरिद–विक्री भएको छ । त्यस्तै आज सबैभन्दा बढी सेयर कारोबार एनएमबी बैंकको भएको छ । उक्त बैंकको १२ करोड १३ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार गरेको हो । बुधबार पनि एनएमबी बैंकको नै सर्वाधिक सेयर खरिद विक्री भएको थियो । आज एनएमबीको बजार बन्द हुँदाको सेयर मूल्य ४ सय २ कायम भएको छ । यो रकम बैंकको हिजोको सेयर मूल्यभन्दा २ रुपैयाँले बढी हो ।

कारोबारमा आएका १२ समूहमध्ये ६ समूहको उपसूचकमा वृद्धि भएको छ भने बाँकी ६ समूहको उपसूचकमा गिरावट आएको छ । उपसूचक वृद्धि हुनेमा उद्योग समूहको १.०३ प्रतिशत, होटेल समूहको ०.८८ प्रतिशत, हाईड्रोपावर समूहको ०.१८ प्रतिशत, फाईनान्स समूहको ०.९ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहको १.८८ प्रतिशत र म्यूचुअल फण्ड समूहो ०.५७ प्रतिशत रहेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x