मुक्तिनाथ विकास बैंकका अध्यक्ष ढकालद्वारा सपथ ग्रहण

काठमाडौं, ३ पुस । मुक्तिनाथ विकास बैंकका अध्यक्ष भरतराज ढकालले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले ढकाललाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन् ।

मुक्तिनाथ विकास बैंकको १३ औं साधारण सभाले ढकाल सहित ५ जनाको नयाँ संचालक समिति चयन गरेको थियो । त्यस्तै अन्य सदस्यहरुलाई भने अध्यक्ष ढकालले सपथ ग्रहण गराएका थिए । उनी बैंकका पूर्व प्रमुख कार्यकारी अधिकृत थिए ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *