Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

देवः विकासको भिसा कार्ड प्रयोग गर्दा क्यास व्याक पाउँने

देवः विकासको भिसा कार्ड प्रयोग गर्दा क्यास व्याक पाउँने

काठमाडौं, ३ पुस । देवः विकास बैंकले ग्राहकहरुको लागि क्यास व्याक योजना सार्वजनिक गरेको छ । बैंकले पुस १ गतेदेखि लागु हुने गरी उक्त योजना सार्वजनिक गरेको हो ।

यो योजनाअन्तर्गत ग्राहकले देवः विकास बैंकको पिओएस मेसिनबाट कारोबार गर्दा ३ प्रतिशत नगद फिर्ता गर्ने बैंकले जनाएको छ । बैंकले क्यास लेस बैंकिङ्गलाई प्रोत्साहन गर्न उक्त योजना ल्याएको बताएको छ । त्यस्तै भिसा नेटवर्क एटीएमबाट नगद निकाल्दा अतिरिक्त शुल्क नलाग्ने व्यवस्था गर्नुका साथै भारतमा समेत उक्त एटीएम कार्डबाट नगद निकाल्दा कारोबार शुल्क बापत लाग्ने २ सय ५० मा सोही मितिबाटलागु हुने गरी एक सय ५० रुपैयाँ शूल्क मात्र लाग्ने व्यवस्था गरिएको बैंकका बरिष्ठ प्रवन्धक नविनमणी बज्रचार्यले जानकारी दिए ।

उनका अनुसार आगामी दिनमा नयाँ प्रविधि भित्र्याई ग्राहकलाई छिटो छरितो रुपमा बैंकिङ्ग सेवा उपलब्ध गराउँने योजना बैंकको रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x