Date

शनि, कार्तिक ८, २०८२
Sat, October 25, 2025

नविल बैंकले ल्यायो ३५ घण्टामै स्विकृत हुने ‘नविल सजिलो एक्सप्रेस कर्जा’ योजना

नविल बैंकले ल्यायो ३५ घण्टामै स्विकृत हुने ‘नविल सजिलो एक्सप्रेस कर्जा’ योजना

काठमाडौं, ७ पुस । नविल बैंकले ‘नविल सजिलो एक्सप्रेस कर्जा’ योजना ल्याएको छ। बैंकले आज राजधानीमा पत्रकार सम्मेलन आयोजना गरि उक्त कर्जा योजना सार्वजनिक गरेको हो ।

युकेएड सक्षमसँगको सहकार्यमा बैंकले उक्त कर्जा योजना ल्याएको हो । यो योजना अन्तर्गत १५ लाख रुपैयाँ देखि ७५ लाख रुपैयाँसम्म कर्जा सुविधा पाइने छ । कर्जाको ब्याजदर वार्षिक १०.५ प्रतिशत रहेको बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले जानकारी दिए।

कर्जा स्विकृत अवधि ३५ घण्टा रहेको छ । आवश्यक सम्पूर्ण डकुमेन्ट पेश गरेको ३५ घण्टा भित्र कर्जा स्विकृत हुने उनले जानकारी दिए ।

यो सुविधा बैंकको सम्पूर्ण शाखाबाट उपलब्ध हुने जानकारी दिइएको छ। हाल बैंकको ९२ वटा शाखा कार्यालय संचालनमा छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *