धादिङबेशीमा गरिमा विकास बैंकको शाखा संचालनमा

काठमाडौं, ७ पुस । गरिमा विकास बैंक लिमिटेडले धादिङको धादिङबेशीमा शाखा संचालनमा ल्याएको छ।

उक्त शाखाको हिजो निलकण्ठ नगरपालिकाका नगर प्रमुख भीम प्रसाद ढुंगानाले उद्घाटन गरे ।

यो बैंकको ९० औं शाखा हो ।

कार्यक्रममा बैंकका सञ्चालक श्यामप्रसाद बस्यालले धादिङवेशी आसपासका क्षेत्रका उद्यमीहरुलाई आवश्यक पुँजी उपलब्ध गराई सो क्षेत्रको औद्योेगिक तथा व्यवसायिक विकासमा महत्वपूर्ण भुमिका पुर्याउने उद्धेश्यले शाखा संचालनमा ल्याएको बताए ।

बैंकले देशभर ९० शाखा, ५१ एटीएम र गरिमा रेमिटका करिब १०,००० एजेण्टमार्फत आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *