Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

लेखा समितिले भन्यो– सिमेन्टको मापदण्ड नचलाउनु

लेखा समितिले भन्यो– सिमेन्टको मापदण्ड नचलाउनु

काठमाडौं, ८ पुस । संसद्को लेखा समितिले सिमेण्टको मापदण्ड परिवर्तन नगर्न सरकारलाई निर्देशन दिएको छ । पूर्वतर्फका चुनढुंगा खानीमा पश्चिममा जस्तो म्याग्नेसियम रसायनको मात्रा कम भएको भन्दै सरकारले बढाउने तयारी गरेको थियो । म्याग्नेसियम रसायनको मात्रा २ बाट बढाएर ४ प्रतिशत पु¥याउन सरकारले तयारी थालेको थियो । लेखा समितिको बैठकमा जवाफ दिदैं उद्योग मन्त्रालयकी सचिव यामकुमारी खतिवडाले पश्चिमका चुनढुंगा खानीबाट सिमेन्टको म्याग्नेसाइट ५ प्रतिशत र अघुलनशीलता आएआरको मात्रा दुई राख्न सम्भव भएपनि पूर्वमा कठिन भएको बताएकी थिइन् ।
सरकारले सिमेन्टको मापदण्ड परिवर्तन गर्ने विषय गुपचुप राखेको थियो । गुणस्तर तथा नापतौल विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले मापदण्डका विषयमा लेखा समितिलाई ढाँटेका थिए । म्याग्नेसाइटको मात्रा ५ बाट बढाएर ६ प्रतिशत अघुलनशील कच्चा पदार्थ (म्याग्नेसियम रसायन) को आईआरको मात्रा २ प्रतिशतबाट बढाएर ४ प्रतिशत बनाउँदा सिमेन्टको गुणस्तरमा ह्रास आउने लेखा समितिले उल्लेख गरेको छ ।
समितिले त्रिभुवन विश्वविद्यालयबाट यसका स्वतन्त्र विज्ञसँग यससम्बन्धमा रायपरामर्शका आधारमा लेखा समितिले सरकारलाई सिमेन्टको गुणस्तर नघटाउन निर्देशन दिएको थियो ।
समितिले सोमबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव र गुणस्तर तथा नापतौल विभागका महानिर्देशकलाई बृलाएर सिमेन्टको पूरानै मापदण्ड कायम राख्न निर्देशन दिएको हो ।
सरकारले तयारी गरे अनुसारको मापदण्डको सिमेन्ट प्रयोग गर्दा संरचना चाँडै फुट्ने र थोरै कम्पनले पनि भत्कने खतरा हुने भन्दै लेखा समितिले रोक लगाएको हो ।

गुणस्तर तथा नापतौल विभागले कार्तिक ३० गतेदेखि कार्यान्वयन हुनेगरी सिमेन्टको मापदण्ड परिमार्जन गरेको थियो । तत्कालीन उद्योगमन्त्री मातृकाप्रसाद यादवको अध्यक्षतामा गत असार १८ गते बसेको नेपाल गुणस्तर परिषद्को बैठकले म्याग्नेसियम अक्साइडको मात्रा र घुलनशीलको मात्रा परिवर्तन गरेको हो । यो व्यवस्थाले स्वदेशी सिमेन्टको प्रयोग कम हुने र भारतीय सिमेन्टको आयातलाई प्रोत्साहन गर्ने गरी आएको थियो ।
२०५५ सालदेखि ओपीसी ३३ का लागि नेपाल गुणस्तर ४९ लागू भएको थियो । गत असार १८ मा ओपीसी ३३ को गुणस्तर परिवर्तन गर्नुका साथै ओपीसी ४३, ओपीसी ५३ को गुणस्तर थप गरिएको थियो ।
सिमेन्ट उद्योगीहरुले भने विगतदेखि सिमेन्टको गुणस्तर परिमार्जन गर्न लबिङ गर्दै आएका थिए ।
प्राविधिक समितिले २०७२ भदौमा जिप्समको नमुना संकलन र परीक्षण गर्ने निर्णय गरेको थियो । २०७३ असारमा प्राविधिक उपसमितिले क्लिंकरको मात्रा ९५ प्रतिशत तोक्ने, ओपीसी ३३, ओपीसी ४३, ओपीसी ५३ को तालिका राख्ने, लाइभ स्याचुरेसन फ्याक्टर न्यूनतम् ०.८ राख्ने, ओपीसी–३३ को अघुलनशील पदार्थ ४ प्रतिशत राख्ने प्रस्ताव गरेको थियो । प्रस्तावका विषयमा छलफल गर्दा सिमेन्ट उत्पादक संघका प्रतिनिधिले २०७४ असोजमा छलफल गर्दा आपत्ति जनाएका थिए । कार्यदलले ९० प्रतिशतभन्दा बढी खानीमा म्याग्नेसाइटको मात्रा ३ प्रतिशतभन्दा कम भएको सुझाव दिएपनि उद्योग मन्त्रालयले उद्योगीको दवावमा गुणस्तर घटाउने निर्णय गरेको बुझिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x