Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

एनबी बैंकको मर्जर प्रस्ताव स्वीकृत भएन

एनबी बैंकको मर्जर प्रस्ताव स्वीकृत भएन

काठमाडौं, ८ पुस । नेपाल बङ्गलादेश बैंक (एनबी बैंक) को मर्जर प्रस्ताव साधरणसभाले अस्वीकृत गरेको छ । बैंकको पुस ७ मा सम्पन्न साधरणसभाले गत आर्थिक वर्ष २०७५÷७६ सम्मको संचित मुनाफाबाट शेयरधनीहरुलाई ५ प्रतिशत बोनश शेयर र ७ प्रतिशत नगद लाभांश (लाभांशमा लाग्ने कर सहित) दिने प्रस्ताव स्वीकृत गरेको छ । बैंक सञ्चालक समितिका अध्यक्ष जलाल अहमदको सभापतित्वमा सम्पन्न भएको उक्त सभाले बैंकको उद्देश्य संग सम्बन्धित प्रबन्धपत्रमा रहेका दफाहरुको संशोधन पनि स्वीकृत गरेको छ ।

समिक्षा अवधिमा बैंकको कुल निक्षेप २४.५५ प्रतिशतले बृद्धि भई रु.५९.७६ अर्ब पुगेको छ भने कुल कर्जा २९.१६ प्रतिशतले बृद्धि भई रु. ५५.७२ अर्ब पुगेको छ । बैंकको वासलातको आकार २४.२४ प्रतिशतले बृद्धि भई रु. ७६.२५ अर्ब रुपैयाँ पुगेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x