Date

मङ्ल, बैशाख २५, २०८१
Tue, May 7, 2024

बैंकमा नेतृत्वदायी भूमिकामा महिला सहभागिता बढ्दै

बैंकमा नेतृत्वदायी भूमिकामा महिला सहभागिता बढ्दै

झरना कंडेल

काठमाडौं, ८ पुस । जानकारहरुका अनुसार प्रत्येक वर्ष रोजगारीमा प्रवेश गर्ने मध्ये करिब ८० प्रतिशतको रोजाइ बैंक तथा वित्तीय क्षेत्र हुने गर्छ । बैंक तथा वित्तीय क्षेत्रमा काम गर्दा आर्थिक अवस्था सबल हुनुका साथै भविष्य समेत सुनिश्चत हुने भएकाले अधिकांशको रोजाईमा पर्ने गरेको हो ।

बैंकमा रोजगारीको लागि आवेदन माग गर्दा माग भन्दा दोब्बर बढी आवेदन पर्ने मानव संशाधन विभागका प्रमुखहरु बताउछन् । अझ त्यसमा पुरुष भन्दा महिलाहरुको आवेदन बढी हुने गरेको छ । उसो त महिला शिक्षित वर्गको संख्या बढेसँगै बैंक तथा वित्तीय क्षेत्रमा उनीहरुको उपस्थिति व्यापक हुँदै गएको छ । तल्लो तहदेखि उपल्लो तहसम्म महिलाको संख्या बढिरहेको छ ।

नेपालमा हाल २७ वटा वाणिज्य बैंक छन् । ती बैंकका कुनै पनि शाखाको काउण्टरमा पस्दा महिला कर्मचारी देख्नु त सामान्य हो । यी बैंकलाई हाँक्नेसम्म महिला नै छन् । यसको उदाहरण मेगा बैंक, नेपाल बैंक, एनसीसी बैंक र सन्राइज बैंकलाई लिन सकिन्छ । मेगा बैंकमा प्रमुख कार्यकारी अधिकृत र नायव प्रमुख कार्यकारी अधिकृत पनि महिला नै छिन् । मेगा बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेली हुन् भने नायव प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ हुन् । यी दुई महिलाले मेगा बैंक हाकिरहेका छन् ।

यो बैंक मात्र नभएर पछिल्लो समय अन्य बैंकहरुमा पनि कार्यकारी पदमा महिलाको सहभागिता वढिरहेको छ । नेपाल बैंकमा का.मु.नायब प्रमुख कार्यकारी अधिकृत समता पन्त भट्ट छिन् । त्यस्तै सन्राइज बैंकमा आशा राणा अधिकारी नायव प्रमुख कार्यकारी अधिकृत हुन् । त्यस्तै, एनसीसी बैंकमा पनि नेतृत्वदायी भूमिकामा महिला कर्मचारी नै छन् । बैंकमा नायव प्रमुख कार्यकारी अधिकृतमा बन्दना पाठकले जिम्मेवारी सम्हालि रहेकी छिन् ।

यी बाहेक अन्य पदमा पनि महिलाको सक्रियता बढिरहेको छ । अधिकांश वाणिज्य बैंकको विभागीय प्रमुखमा महिला सहभागिता बढ्दै गएको छ। शिक्षा र अनुभवले महिलाहरुलाई नेतृत्वका लागि बलियो दाबेदार बनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x