Date

शुक्र, बैशाख १४, २०८१
Fri, April 26, 2024

नेप्सेको प्रतिस्पर्धात्मक क्षमता विकास गर्छौ, पुँजीबजारको विस्तार र पहुँचमा नेप्से केन्द्रित

नेप्सेको प्रतिस्पर्धात्मक क्षमता विकास गर्छौ, पुँजीबजारको विस्तार र पहुँचमा नेप्से केन्द्रित

मुलुकमा पुँजीबजारको विकास गर्ने उद्देश्यले नेपाल स्टक एक्सचेन्जको स्थापना गरिएको हो । विक्रम सम्वत २०५० पौष २९ गतेदेखी नेपाल स्टक एक्सचेन्ज संचालनमा रहेको छ । नेपाल स्टक एक्सचेन्ज अहिले २५औं वर्षमा प्रवेश गरेको छ । २५औं वर्ष प्रवेशको अवसरमा नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउथसंग अर्थकोअर्थ डटकमका शमुयल राना मगरले वर्तमान समयको शेयर बजारको अवस्था र आगामी दिनको रणनितीको बारेमा कुराकानीमा आधारित रिर्पाेट तयार गरेको छ ।

नेपाल स्टक एक्सचेन्जले २५ वर्ष पुरा गरेको छ । यस अवसरकमा नेप्सेले के कस्तो कार्यक्रमहरुको आयोजना गरेको छ ?
यसपालि चै नेप्से स्थापनाको २५औं वर्षमा प्रवेश गरेको छ । त्यसैले नेप्सेले रजत जयन्ती मनाउने भएको छ । यो अवसरमा हामीलवे रक्तदान कार्यक्रम आयोजना गरेका छौं । यस्तै कर्पाेरेट बुल रेश भनेर हामी शुक्रबार आयोजन ग¥यौं । हामीले २५औं वार्षिक साधारण सभा पनि बोलाएको छौं । उक्त साधारण सभामा गत आर्थिक वर्षको वित्तीय प्रतिवेदन, वासलात, नाफा नोक्सान खाता लगाएत पारित गर्नेछौं भने शेयरधनीहरुलाई ५० प्रतिशत नगद लाभांश दिने भएका छौं । त्यसका साथै वार्षिकोत्सव कार्यक्रमको पनि आयोजना गरेका छौं ।

शेयर बजारको विस्तारको लागि आगामी दिन नेप्सेले के कस्ता रणनितीहरु बनाएको छ त ?
नेपाल स्टक एक्सचेन्ज भनेको दोस्रो बजारमा लगानीकर्ताहरुको लागि प्लाटफर्म उपलब्ध गराउने ठाँउ हो । हाम्रो क्षेत्राधिकारमा रहेको कामहरु जस्तो लगानीकर्ताहरुलाई सुविधा हुने गरि अनलाइन ट्रेडिङको व्यवस्था गर्ने, यहाँ भएका नितीनियम, ऐनकानुनहरुलाई समयसापेक्ष रुपमा संशोधन गर्दे लाने,े लगानीकर्ताहरुलाई शेयर बजार र यसमा हुने गरेको लगानी सम्बन्धी ज्ञान र सुचना दिने, अब यसमा चाँही संस्थागत लगानीकर्ता होस् या व्यक्तिगत लगानीकर्ताहरु वहाँहरुलाई शेयर बजार सम्बन्धी साक्षार बनाउने हाम्रो उद्देश्य हो । यस्तै पुँजी बजारको विस्तार र पहुँच वृद्धिका लागि शहरी क्षेत्रमा मात्र नभई ग्रामिण क्षेत्रमा समेत हाम्रो कार्यक्षेत्र विस्तार गर्ने रणनिती बनाएका छौं ।

यहाँले पुँजी बजारको विस्तार र पहुँज अभिवृद्धिका लागि अनलाईन ट्रेडिङ, साक्षरता कार्यक्रम र कार्यक्षेत्र विस्तार गर्ने कुरा बताउनु भयो । यसको लागि नेप्सेले के गर्दैछ ?
पुँजी बजार सम्बन्धी जानकारी दिलाउन नेप्से एक्लैको प्रयासले मात्रै सम्भव हुँदैन । यसका लागि विभिन्न निकायहरु र सञ्चार माध्यमको सहयोगको आवश्यकता पर्दछ । यसरी पुँजी बजार सम्बन्धी जानकारी दिन नेप्सेले यो आर्थिक वर्षमा मुलुकको सात वटै प्रदेशमा साक्षरता कार्यक्रम संचालन गर्ने योजना बनाएको छ । यो संगै नेप्सेले विभिन्न सञ्चार माध्यमहरुको सहयोगमा पुँजीबजार सम्बन्धी जानकारी उपलब्ध गराउन बजेट विनियोजन समेत गरिसकेको छ । अनलाईन ट्रेडिङ प्रणालीको लागि नेप्सेले सम्झौता गरिसेकेको छ । सम्झौता अनुसार अनलाईन ट्रेडिङ प्रणाली विकास गर्ने कम्पनीले आगामी वर्षमो जेठ महिना भित्र नेप्सेलाई उपलब्ध गराउने भनेको छ । यो प्रणाली अन्तरगत १६ वटा मोडलहरु रहेका छन् । जसमध्ये १५ वटा मोडलहरुको प्ररिक्षण हामीले गरिसकेका छौं, अब बाँकी एउटा मोडलको प्ररिक्षण हुन बाँकी छ । त्यो सकिए पछि सम्भवतः निश्चित समय भित्र नै अनलाईन ट्रेडिङ प्रणाली लागु गर्नेछौं । अनलाईन ट्रेडिङ प्रणालीको लागुले पुँजीबजारलाई ग्रामिण क्षेत्र र सबैको पहुँचमा पु¥याउन सक्नेछौं ।

अहिलेको अवस्थामा पुँजीबजारमा संस्थागत लगानीकर्ताहरुको संख्या वृद्धि हुन सकेको छैन । पुँजीबजारमा संस्थागत लगानीकर्ताहरुको प्रवेशको लागि नेप्सेले के योजनाहरु बनाएको छ ?
संस्थागत लगानीकर्ताहरुको सहभागितामा पहिलेको तुलनामा अहिले बढेको महशुस गरेको छु । पुँजीबजारमा अहिले नै सामुहिक लगानी कोष प्रबर्धकहरुको संख्यामा वृद्धि भएको छ । साथै अरु नयाँ सामुहिक लगानी कोष प्रवर्धकहरुको प्रवेश पनि हुँदैछ । यस्तै निजी क्षेत्रबाट समेत विभिन्न इन्भेष्टमेन्ट कम्पनीहरुले पुँजीबजारमा लगानी गरेको पाएका छौं । यद्यपी अहिले शेयर बजारको पुँजीकरण र नेपाल स्टक एक्सचेन्जमा सुचिकृत कम्पनीहरु र यिनीहरुको शेयरको संख्याको तुलनामा पक्कै पनि संख्यागत लगानीकर्ताहरुको सहभागिता कम भएको मान्न सकिन्छ । केहि समय पछि हामी अनलाईन ट्रेडिङ प्रणाली लागु गर्दैछौं, जसले गर्दा लगानीकर्ताहरुको संख्यामा वृद्धि आउने अपेक्षा हाम्रो रहेको छ । यो प्रणालीको लागुसंगै संस्थागत लगानीकर्ताहरुलाई समेत पुँजीबजारमा हामी प्रवेश गर्न आव्हान गर्नेछौं ।

नेपालको पुँजीबजारमा लगानी गर्न गैर आवासिय नेपालीहरु पनि ईच्छुक रहेको देखिन्छ । वहाँहरुलाई पुँजीबजारमा प्रवेश गराउन के पहल गर्न सकिन्छ ?
अन्य लगानीकर्ताहरुलाई लगानी गर्न सकिने प्लाटफर्म दिए झै गैर आवासिय नेपालीहरुलाई पनि नेपाल स्टक एक्सचेन्जले प्याटफर्मको सुविधा दिने हो । तर वहाँहरुले कति लगानी गर्न पाउने र लगानीको प्रतिफल कसरी लाने भन्ने कुरामा धेरै छलफल भएको छ । यसमा नेपाल धितोपत्र बोर्डले केहि कार्यहरु अघि बढाएको छ । हालै मात्र गैर आवासिय नेपाली संघका प्रतिनिधिहरु र नेपाल धितोपत्र बोर्डको यस सम्बन्धमा छलफल भएको छ । साथै नेपाल सरकार पनि यसको सकारात्मक रहेको छ । यसरी ने अघि बढेको खण्डमा आगामी दिनमा नेपालको पुँजीबजारमा गैर आवसिय नेपालीहरुको प्रवेश गराउन सक्छौं हामी ।

 

अहिले नेपाल स्टक एक्सचेन्जमा बैंक तथा वित्तीय संस्था, वीमा कम्पनी, जलविद्युत आयोजनाहरुको वाहुल्यता रहेको छ । केहि सिमित निजी क्षेत्रबाट प्रवर्धित होटल, उद्योगहरुमात्र यस पुँजीबजारमा सुचिकृत छन् । लगानीकर्ताहरुको लगानीलाई विविधिकरण गर्न अरु क्षेत्रहरुलाई कसरी समेट्न सकिन्छ र समेट्ने योजनाहरु बनाएको छ नेपाल स्टक एक्सचेन्जले ?
हो अहिले नेपाल स्टक एक्सचेन्जमा निजी क्षेत्रबाट प्रवर्धित धेरै उद्योगहरु समेट्न सकिएको छैन । तर हामीले यसका लागि पहल थालेका छौ । जसका लागि हामीले नेप्सेमा नयाँ विभाग खडा गरेको यस सम्बन्धीमा कार्य अघि बढाउने छौं । हामीले नेप्सेको प्रतिस्पर्धात्मक क्षमतामा अभिवृद्धि गर्ने योजनामा रहेका छौं । अबका दिनमा रियल रेक्टरहरु आउने इच्छामा रहेका छन् । केहि समयमा नै वहाँहरुको प्रवेश गराउने हामीले तयारी गर्दैछौं । यसका लागि हामी नेपाल सरकार, कम्पनी रजिष्ट्रर कार्यलय, उद्योग विभाग लगाएत अन्य निकायहरुसंगै छलफलको क्रममा रहेका छौं । यसरी पुँजीबजारमा रियल सेक्टरको प्रवेशसंगै नियमन निकायहरुको पनि भुमिका प्रष्ट हुन आवश्यक रहेको छ ।

वर्तमान समयमा शेयर बजारलाई कसरी विश्लेषण गर्नु भएको छ ?
शेयर बजारको उतारचढाप त सामान्य नै हो । शेयर बजारमा उतारचढाप हुनु नै पर्छ । यो उतारचढाप भनेको माग र आपुर्तिको कारण हुने हो । अब कुरा आयो अहिले नेप्से परिसुचकमा भएको गिरावटको । मेरो विश्लेषणमा नेप्से परिसुचकमा गिरावट आएको वा तल झरेको भन्न मिल्दैन । मैले त्यसरी वुझेको छु । गत गर्त वर्ष १८०० माथि पुगेको बजार अहिले १४००को हाराहारीमा आएको छ । हेनुर्स यो बिचको समयमा लगानीकर्ताहरुले लाभांश पनि त पाउनु भएको छ । शेयरको संख्यामा वृद्धि हुँदा त मुल्य पनि त घट्छ । सिद्धान्तले पनि त्यहि भन्छ । बैंक तथा वित्तीय संस्था र वीमा कम्पनीहरुको चुक्ता पुँजी वृद्धिको कारण नेप्से परिसुचकमा वृद्धि आएको थियो । चुक्ता पुँजी वृद्धि गर्न बोनस, हकप्रद र थप नयाँ शेयर निष्कासनको कारण मुल्य समायोजन हुँदा मुल्यमा कमी आयो र त्यहि अनुसार नै नेप्से परिसुचक घट्न गएको हो । पछिल्लो समय लगानीकर्ताहरु प्राथमिक शेयर, हकप्रद शेयर र थप नयाँ शेयर निष्कासनमा नै आकर्षित भएको पाएको छु । लगानीको अवसरहरु लगानीकर्ताहरुलाई मिल्दै गएको छ । जसले गर्दा दोस्रो बजारमा यसको असर परेको छ । अहिले बैंक तथा वित्तीय संस्थाहरुको देखिएको तरलता अभाव र कर्जा संकटले गर्दा पनि शेयर बजारमा निरासा छाएको छ ।

नेपाल स्टक एक्सचेन्जमा तपाईँ नेतृत्वमा आए पछि केहि अभ्यासहरुको थालनी गर्नु भयो । यस पछाडिको उद्देश्य चाँही के हो ?
हो, मैले नेपाल स्टक एक्सचेन्जमा नितृत्व सम्हाल्ने वित्तिकै विकास बैंक समुहमा रहँदै आएको लघुवित्त संंस्थाहरुलाई छुट्टै समुह बनाएर कारोबारको थालनी गरे । भर्खरै मात्र पनि नागरिक लगानी कोषलाई वित्त कम्पनीको समुहबाट छुट्टाएका छौं । यसो गर्दा लगानीकर्ताहरुलाई नै लगानी गर्नको लागि सुक्ष्म अध्यायन गर्न सजिलो भएको छ । पहिला विकास बैंक र लघुवित्तहरु एकै समुहमा थिए, त्यो समयमा लघुवित्त संस्थाहरुको उपस्थिती कम थियो । तर अहिले लघुवित्त संस्थाहरुको संख्यामा आएको वृद्धिले पनि यी दुईलाई छुट्टाउन आवश्यक रहेको थियो । सोहि कारणले पनि नागरिक लगानी कोषलाई पनि छुट्टाएको हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x