Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

बिहीबार ५८ करोडको सेयर कारोबार

बिहीबार ५८ करोडको सेयर कारोबार

काठमाडौं, १० पुस । साताको अन्तिम कारोबार दिन बिहीबार (आज) ५८ करोड ८६ लाख रुपैयाँको सेयर कारोबार भएको छ । बुधबारको तुलनामा यो रकम ५ करोड रुपैयाँले बढी हो । बुधबार ५३ करोड ८३ लाख रुपैयाँको सेयर कारोबार भएको थियो ।

आज नेप्से परिसूचकमा भने ०.६२ अंकले गिरावट आई ११६७.४१ विन्दुमा रोकिएको छ । एक सय ७२ कम्पनीको १६ लाख ४१ हजार २ सय ११ कित्ता सेयर खरिद विक्री भएको छ । बिहीबार सर्वाधिक सेयर कारोबार नेपाल बैंक लिमिटेड र ११% एनआसी एशिया डिभेवेन्चर ०८२÷८३ को भएको छ । नेपाल बैंकको १३ करोड २२ लाख रुपैयाँको र एनआइसी एशिया डिवेन्चरको ६ करोड एक लाख रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको हो ।

त्यस्तै कारोबारमा आएका १२ समूहमध्ये ४ वटा समूहको परिसूचकमा वृद्धि भएको छ भने बाँकी ८ समूहको परिसूचकमा गिरावट आएको छ । बैंकिङ्ग समूहको ०.०७ प्रतिशत, उद्योग समूहको ६.२६ प्रतिशत, विकास बैंक समूहको ०.१४ प्रतिशत र जीवन बीमा समूहको ०.२९ प्रतिशतले उपसूचकमा वृद्धि भएको हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x