Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

कन्ट्री रेटिङका लागि सरकारले फिच रेटिङलाई छान्यो

कन्ट्री रेटिङका लागि सरकारले फिच रेटिङलाई छान्यो

काठमाडौं, १० पुस । सार्वभौम साख मूल्यांकन (कन्ट्री क्रेडिट रेटिङ)का लागि सरकारले संयुक्त राज्य अमेरिकाको फिच रेटिङलाई छनौट गरेको छ । सरकारले सार्वभौम साख मूल्यांकन गराउने विषय चालु आवको बजेटमा उल्लेख गरेको थियो । खासगरी बाह्य मलुकबाट ऋण ल्याउन र अन्तर्राष्ट्रिय पुँजी बजारबाट पुँजी परिचालन गर्न देशको रिस्क प्रोफाइल आवश्यक पर्ने भएकाले सरकारले रेटिङ गराउन लागेको हो ।

रेटिङका लागि फिच रेटिङसँग छिट्टै सम्झौता हुनेछ । रेटिङको काममा सहयोग गर्न अर्थ मन्त्रालयका राजस्व सचिव शिशिर कुमार ढुंगानाको संयोजकत्वमा रेटिङ निर्देशक समिति बनाइएको छ । यसका लागि अर्थ, उद्योग वाणिज्य तथा आपूर्ति, उर्जा, जलस्रोत तथा सिंचाई, वातावरण मन्त्रालय, वन मन्त्रालय, नेपाल राष्ट्र बैंक, बीमा समिति, धितोपत्र बोर्डमा सार्वभौम साख मूल्यांकनका लागि आवश्यक तथ्य, तथ्यांक र सूचना संकलन गर्न सम्पर्क व्यक्ति तोकिएको छ ।
रेटिङको लागि सम्झौता भएपछि कम्पनीले काम शुरु गर्नेछ र १२ हप्ताभित्र रेटिङ कम्पनीले सरकारलाई उक्त प्रतिवेदन पेश गर्ने बताइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x