Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

टिम्सवापतको रकम फुकुवा नहुँदा नयाँ गन्तव्य खोज र अनुसन्धानमा प्रभाव परेको टानको गुनासो

टिम्सवापतको रकम फुकुवा नहुँदा नयाँ गन्तव्य खोज र अनुसन्धानमा प्रभाव परेको टानको गुनासो

काठमाडौं, ११ पुस । ट्रेकिङ्ग एजेन्सिज् एसोशिएसन अफ नेपाल (टान) ले ट्रेकर ईन्फरमेशन म्यानेजमेन्ट सिस्टम (टिम्स) वापतको रकम प्राप्त नहुँदा नयाँ गन्तव्यको खोजी तथा प्रवद्र्धनमा समस्या परेको गुनासो गरेको छ। नेपाल पर्यटन बोर्डले ५ वर्षदेखि टिम्सवापतको रकम उपलब्ध नगराउँदा यस्तो समस्या परेको टानले जनाएको छ ।

बोर्ड र टानबीचको सम्झौता अनुसार पाउनु पर्ने रकमको लागि सम्बिन्धित निकायमा पटक–पटक पहल गर्दा समेत सम्बन्धित निकायले चासो नदेखाएको टानका अध्यक्ष खुमबहादुर सुबेदीले बताए ।

टिम्स सम्बन्धि पर्यटन बोर्डसँग भएको पछिल्लो सम्झौतालाई पुनरावलोकन गर्नु परेपनि टान तयार भएको उनले बताए । सरकारको निर्देशन अनुसार बोर्ड र टानबीच सन् २००८ जनवरी १ मा पर्यटक र कामदारको सुरक्षाको लागि भन्दै टिम्स सम्बन्धि सम्झौता भएको थियो । सम्झौता अनुसार टिम्सको रकम मध्ये ३० प्रतिशत टानको संस्थागत खातामा, ३० प्रतिशत बोर्डको संस्थागत खातामा, ३० प्रतिशत रकम बोर्ड र टानको संयुक्त कोषमा र १० प्रतिशत रकम मजुदरहरुको कल्याणकारी कोषमा जम्मा गर्नुपर्ने हुन्छ ।

तर, ५ वर्षदेखि रकम उपलब्ध नहुँदा उच्च हिमाली क्षेत्रमा कार्यरत पदयात्रा सहयोगीहरुलाई उद्धार गर्दा लागेको खर्चमा पनि प्रभाव परेको टानले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x