Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

नेपाल पुनर्बीमाका प्रमुख कार्यकारी अधिकृत रायमाझीद्वारा पदभार ग्रहण

नेपाल पुनर्बीमाका प्रमुख कार्यकारी अधिकृत रायमाझीद्वारा पदभार ग्रहण

काठमाडौं, ११ पुस । नेपाल पुनर्बीमा कम्पनीका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत शंकर कुमार रायमाझीले आजदेखि पदभार ग्रहण गरेका छन् । कम्पनीको गत ९ गते बसेको सञ्चालक समितिको बैठकले आगामी ४ वर्षका लागि उनलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको थियो ।

पदभार ग्रहणसँगै रायमाझीले कम्पनीको प्राविधिक क्षमता बढाउँनमा जोड दिने बताए । उनले नेपाली बीमा कम्पनीहरुको विश्वास जित्नका लागि कम्पनीको क्षमता बढाउनमा जोड दिइने प्रतिवद्धता गरे । त्यस्तै कम्पनीलाई अन्तर्राष्ट्रिय मापदण्ड अनुरुपको बनाउन रेटिङ गरिने तथा नीति नियमहरु निर्माण गरिने बताए ।

विस २०७१ सालमा स्थापना भएको नेपाल पुनर्बीमा कम्पनीले हाल ३२ वटा मुलुकमा आफ्नो व्यापार विस्तार गरिसकेको छ । रायमाझिले यस अघि राष्ट्रिय वाणिज्य बैंकको १०औं तहबाट अवकास पाएका थिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x