Date

शनि, कार्तिक २९, २०८२
Sat, November 15, 2025

सवा एक अर्ब लगानीमा १५ वटा सहकारी बजार निर्माण गरिदै

सवा एक अर्ब लगानीमा १५ वटा सहकारी बजार निर्माण गरिदै

काठमाडौं, ११ पुस । भूमि व्यवस्था, गरिबी निवारण तथा सहकारी मन्त्रालयले १ अर्ब १४ करोड लगानीमा १५ वटा सहकारी तरकारी तथा फलफुल बजार निर्माण गर्ने भएको छ । तरकारी बजारमा सक्रिया विचौलियो प्रणालीको अन्त्य गर्न सरकारले बजार विस्तार गर्ने योजना बनाएको हो ।

संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) को सहयोगमा काठमाडौं सहित आसपासका ६ जिल्लामा संकलन केन्द्र र सहकारी बजार स्थापना गर्न लागिएको हो । काठमाडौमा चार वटा अन्य स्थानमा ११ वटा बजार निर्माण गर्न लागिएको मन्त्रालयका उप सचिव अनन्त बस्नेतले बताए । नुवाकोट, धादिङ, काभ्रे, मकवानपुर, चितवनमा संकलन केन्द्र तथा तरकारी बजार र काठमाडौं उपत्यकामा चार ठाउँमा तरकारी बजार स्थापना हुने भएको छ।

बजार निर्माणका लागि अनुमान गरिएको रकमध्ये ५१ करोड सरकारले र २० करोड यूएनडीपीले खर्च गर्नेछन्। नपुग ४४ करोड रुपैयाँ सरकार र यूएनडीपीले लगानी गर्ने भएका छन्। बजार व्यवस्थापन भइसकेपछि यस कार्यक्रमले तरकारी र फलफूलको क्षेत्रमा देशलाई आत्मनिर्भर बनाउने लक्ष्य राखिएको छ।

मन्त्रालयका अनुसार काठमाडौंको चाबहिलमा सहकारी बजार निर्माण अन्तिम चरणमा पुगेको छ। आगामी तीन महिनाभित्रै बजार सञ्चालन हुनेछ । चाबहिलको सरस्वतीनगर, ललितपुरको महालक्ष्मी नगरपालिकामा स्टाटेलाइट बजार निर्माण हुनेछ। काठमाडौं उपत्यकाका अन्य ठाउँमा जग्गा खरिद तथा लिजमा लिनेकाम सुरु भएको मन्त्रालयले जनाएको छ । चितवनमा क्षेत्रीय र काठमाडौंमा केन्द्रीय बजार स्थापना हुन हुनेछ। तरकारी बजारका लागि १८ स्थानीय तहका ७२ वटा सहकारी छनोट भएका छन्। पकेटक्षेत्रका रूपमा ती संस्था छनोट गरिएको हो।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *