Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

महासंघको वरिष्ठ उपाध्यक्षमा ढकालको उम्मेद्वारी, सौरभ र अन्जन उपाध्यक्षका उम्मेद्वार

महासंघको वरिष्ठ उपाध्यक्षमा  ढकालको उम्मेद्वारी, सौरभ र अन्जन उपाध्यक्षका उम्मेद्वार

काठमाडौं, १२ पुस । आउँदो चैत महिनामा नेपाल उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि हने साधरणसभा लक्षित गर्दै आकांक्षीहरुले उम्मेद्वारी घोषणा थालेका छन् । वरिष्ठ उपाध्यक्ष अध्यक्ष हुने प्रावधान अनुसार आगामी कार्यकालमा शेखर गोल्छाले महासंघको नेतृत्व गर्नेछन् । वरिष्ठ उपाध्यक्षमा चन्द्रप्रसाद ढकालले उम्मेद्वारी घोषणा गरेका छन् ।

महासंघमा वरिष्ठ उपाध्यक्षका अतिरिक्त जिल्ला नगर, वस्तुगत र एसोसिएटबाट एक–एक जना उपाध्यक्ष रहने व्यवस्था छ । उपाध्यक्ष पदका लागि अन्जन श्रेष्ठ र सौरभ ज्योतिले उम्मेद्वारी घोषणा गरेका छन् ।

वरिष्ठ उपाध्यक्षका लागि ढकालले आफ्नो गृहजिल्ला बाग्लुङबाट उम्मेद्वारी घोषणा गरेका हुन् । बागलुङमा शुक्रबारदेखि सुरुभएको बागलुङ महोत्सवमा उक्त महोत्सवको आयोजक बागलुङ उद्योग वाणिज्य संघले वरिष्ठ उपाध्यक्ष प्रस्ताव गरेको हो ।

ढकालले महासंघमा औद्योगिक श्रम सम्बन्ध समितिको नेतृत्व गर्छन् । महासंघका तीन उपाध्यक्षमध्ये जिल्ला नगरबाट को उम्मेद्वार हुने भन्ने अहिलेसम्म तय भैसकेको छैन । अहिलेका उपाध्यक्ष किशोर प्रधान नै जिल्ला नगर उपाध्यक्षमा उम्मेद्वारी दिने चर्चा छ । वस्तुगत र एसोसिएटबाट उपाध्यक्षमा भने ज्योति र श्रेष्ठले घोषणा गरेका हुन् ।

सौरभ ज्योतिले महासंघमा बैंकिङ समितिको सभापतिका रुपमा काम गरिरहेका छन् । उनले राजस्व समितिमा रहेर पनि काम गरे । अन्जन श्रेष्ठले औद्योगिक समितिको नेतृत्व गरेका छन् । शेखर गोल्छाको नेतृत्वको महासंघमा यसपटक युवा उद्यमीहरुको वर्चश्व हुने देखिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x