अजोड इन्स्योरेन्सले आईपिओ जारी गर्ने

काठमाडौं, १२ पुस । अजोड इन्स्योरेन्सले सर्वसाधारणका लागि आईपिओ जारी गर्ने भएको छ । कम्पनीको गत शुक्रबार सम्पन्न दोस्रो वार्षिक साधारणसभाले उक्त प्रस्ताव पारित गरेको हो ।

कम्पनीले चालु आर्थिक वर्षको असोज मसान्तसम्म ७७ लाख ९७ हजार रुपैयाँ खुद नाफा गर्नुका साथै सोही अवधिसम्ममा २० करोड ६ लाख रुपैयाँ बीमाशूल्क संकल गरेको छ । गत आव ०७५÷७६ मा कम्पनीले ५८ लाख ७२ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।

त्यस्तै सभाले कम्पनीको प्रवन्धपत्र एवं नियमावलीमा संशोधन तथा परिमार्जन गर्ने अख्तियारी सञ्चालक समितिलाई प्रदान गरेको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *