Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

विगत पाँच बर्षमा १ खर्ब ४ अर्ब लगे विदेशी कम्पनीले लाभांश

विगत पाँच बर्षमा १ खर्ब ४ अर्ब लगे विदेशी कम्पनीले लाभांश

काठमाडौं, १३ पुस । विगत पाँच बर्षको अवधिमा विदेशी कम्पनीहरुले १ खर्ब ४ अर्ब रुपैयाँ लाभांश लगेका छन् । नेपालमा लगानी गर्ने विदेशी कम्पनीहरुले यो अवधिमा गरेको नाफाबाट लाभांश लगेका हुन ।

नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार यसअवधिमा कम्पनीहरुले ९७ अर्ब ८९ करोड ८ लाख रुपैयाँमा र ५ करोड ९३ लाख ७४ हजार ४ सय ६ अमेरिकी डलरमा लाभांश लगेका हुन् । आव २०७०/०७१ मा ७ अर्ब ८१ करोड रुपैयाँ लाभांश लागेका छन् । त्यस्तै, आर्थिक वर्ष २०७१/०७२ मा ५ अर्ब ७१ करोड, २०७२/०७३ मा ३ अर्ब ६ करोड, ७१ लाख रुपैयाँ र २ करोड ८९ लाख ७४ हजार ७१० डलर लाभांश विदेश गएको छ । आव २०७३/०७४ मा लगानीकर्ताहरुले १३ अर्ब ९७ करोड ५६ लाख ८५ हजार रुपैयाँ र ३ करोड ३ लाख ९९ हजार ६ सय ९६ डलर लाभांश लगेको राष्ट्र बैंक विदेशी विनिमय विभागले जनाएको छ । आर्थिक वर्ष २०७४/०७५ मा ३९ अर्ब ५३ करोड ४ लाख र गत आर्थिक वर्षमा २०७५/०७६ मा २७ अर्ब ७८ करोड २९ लाख रुपैयाँ लाभांश विदेश लगेका छन् ।

तथ्यांक अनुसार एनसेलले सबैभन्दा बढी लाभांश लैजाने गरेको छ । सूया नेपाल दोस्रोमा परेको छ । आव २०७४/०७५ मा विदेशी लगानी भएका २७ ओटा कम्पनीले लाभांश लगेका थिए । आर्थिक वर्ष २०७५/०७६ मा २५ ओटा कम्पनीले लाभांश लगेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x