Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

नेप्सेले डेरिभेटिभ प्रडक्ट कारोबारमा ल्याउँने

नेप्सेले डेरिभेटिभ प्रडक्ट कारोबारमा ल्याउँने

काठमाडौँ, १३ । नेपालको शेयर बजारले खासै गति लिन नसकेको बेला नेपाल स्टक एक्सचेञ्जले भने डेरिभेटिभ प्रडक्ट सञ्चालनमा ल्याउँने तयारी गरेको छ । बजारलाई चलायमान बनाउँने भन्दै नेप्सेले दुई खालका प्रडक्ट सञ्चालनमा ल्याउँने तयारी गरेको हो ।

नेप्सेले इन्डेक्स बेस फ्युचरु र स्टक बेस फ्युचरुमा आधारित प्रडक्ट ल्याउँने तयारी गरेको छ । लामो समय देखि प्रडक्ट सञ्चालनको लागि अध्ययन भै रहेको नेप्सेले जनाएको छ । यो प्रडक्ट सञ्चालन गर्न नेप्सेले प्राविधिक रुपमा पनि सक्षम रहेको दाबी गरेको छ ।

नेप्सेले करिब एक वर्षअघि नै नेपाली बजारमा कस्तो औजार प्रयोगमा ल्याउन सकिन्छ भन्दै विज्ञ सदस्यसँग सुझाव मागेको थियो । परामर्शदाता कृष्ण गिरिले अध्ययन गरी नेप्सेलाई प्रतिवेदन बुझाइसकेका छन् । उक्त अध्ययनमा देखाइएका विकल्पमध्ये नेप्से व्यवस्थापनले दुई औजार प्रयोगमा ल्याउन सकिने निष्कर्ष निकालेको छ । निष्कर्ष सहितको प्रतिवेदन यतिबेला नेप्से सञ्चालक समितिमा पेस गरिएको छ । प्रस्ताव छलफलको क्रममा छ । सञ्चालक समितिले पास गरे लगत्तै धितोपत्र बोर्डको अनुमतिमा उक्त औजार प्रयोगमा ल्याइने नेप्सेले जनाएको छ ।

केहि वर्षयता दोस्रो बजारमा हुने सेयर कारोबार घट्दै गएको छ । कारोबार घट्दै गएपछि त्यसबाट नेप्सेले गर्ने आम्दानी प्रभावित हुँदै गएको छ । गत वर्ष मात्रै यस्तो प्रवृत्तिको कारोबारबाट हुने आम्दानी ११.९० प्रतिशतले घटेको छ । गत वर्ष नेप्सेले दोस्रो बजारमा भएको सेयर कारोबारबाट २४ करोड १९ लाख रूपैयाँ आम्दानी गरेको थियो । जबकि अघिल्लो वर्षको सोही अवधिमा उसले यस्तो कारोबारबाट २७ करोड ४६ लाख रूपैयाँ आम्दानी गरेको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x