Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

नेप्से परिसूचकमा गिरावट आएसँगै कारोबार रकम १६ करोड घट्यो

नेप्से परिसूचकमा गिरावट आएसँगै कारोबार रकम १६ करोड घट्यो

काठमाडौं, १३ पुस । साताको पहिलो कारोबार दिन आइतबार (आज) नेप्से परिसूकमा गिरावट आएसँगै सेयर कारोबार पनि १६ करोड रुपैयाँ घटेको छ । गत साताको अन्तिम दिन बिहीबार ५८ करोड ५३ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएकोमा आज ४२ करोड २४ लाख रुपैयाँको मात्र कारोबार भएको हो । आज नेप्से परिसूचक ४.९९ अंकले गिरावट आई ११६२.४३ विन्दुमा रोकिएको हो ।

एक सय ८१ कम्पनीको १५ लाख ५४ हजार ८ सय ९० कित्ता सेयर खरिद–विक्री भएको छ । आज सबैभन्दा बढी सेयर कारोबार नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको भएको छ । नेपाल लाईफको ४ करोड ८४ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको हो ।

कारोबारमा आएका १२ समूहमध्ये ४ समूहको परिसूचकमा वृद्धि भएको छ भने बाँकी ८ समूहको परिसूचकमा गिरावट आएको छ । परिसूचक वृद्धि हुनेमा उद्योग समूह ७.९ प्रतिशत, फाइनान्स समूह ०.३४ प्रतिशत, अन्य समूह ०.२२ प्रतिशत र जीवन बीमा समूह १.४३ प्रतिशत रहेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x