Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

दातृ निकायबाट ६३९ अर्ब सहयोगको प्रतिवद्धता

दातृ निकायबाट ६३९ अर्ब सहयोगको प्रतिवद्धता

काठमाडौं, १३ पुस । दातृ निकायहरुले नेपाललाई ६३९ अर्ब रुपैयाँ बराबरको ऋण सहयोगको प्रतिवद्धता गरेका छन् । अर्थ मन्त्रालय अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका अनुसार कात्तिक अन्तिमसम्म बहुपक्षीय र द्विपक्षीय दातृ निकायले कुल ५ अर्ब ५५ करोड ५१ लाख अमेरिकी डलर सहयोगको प्रतिवद्धता दिएका छन् । यो भनेको ६३९ अर्ब नेपाली रुपैयाँ हो । बहुपक्षीय दातृ निकायले दिने सहायता अधिकांश डलरमा भन्दा पनि अन्तर्राष्ट्रिय मुद्रा कोषले परिवत्र्य मुद्राको बास्केटबाट तयार गरेको एसडीआर (स्पेशल ड्रइङ राइट्स) मा छन् ।

नेपालको बहुपक्षीय विकास साझेदार एसियाली विकास बैंकले अमेरिकी डलरमा ३ अर्ब ६२ करोड रुपैयाँ बराबर र बाँकी एसडीआरमा दुई खर्ब १२ अर्ब रुपैयाँ सहयोग दिने भएको छ । त्यस्तै युरोपेली आर्थिक समुदाय (युरोपियन इकोनोमिक कम्युनिटी) तथा युरोपेली लगानी बैंक २ अर्ब ३० करोड रुपैयाँ, विश्व बैंक बाट तीन खर्ब २२ अर्ब, कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोषबाट ९ अर्ब ५७ करोड रुपैयाँ, ओपेक फण्ड फर इन्टरनेशनल डेभलपमेण्टबाट ६ अर्ब ८० करोड रुपैयाँ सहयोगको प्रतिवद्धता आएको छ । त्यस्तै नर्डिक डेभलपमेन्ट फण्डबाट २ अर्ब ९ करोड रुपैयाँ सहयोगको प्रतिवद्धता आएको छ ।

द्विपक्षीय दातृ मुलुकमध्ये जापानबाट ३१ अर्ब ८१ करोड, चीनबाट १९ अर्ब ८९ करोड, भारतबाट १६ अर्ब ३० करोड र कोरियाबाट ६ अर्ब ४३ करोड रुपैयाँ सहयोगको प्रतिवद्धता आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x