Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

प्राधिकरणले करिब साढे ७ हजार लाभग्राही थप्ने

प्राधिकरणले करिब साढे ७ हजार लाभग्राही थप्ने

काठमाडौ, १४ पुस । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले सात हजार ४९४ पुनःनिर्माण लाभग्राही थप गर्ने निर्णय गरेको छ । समितिको यही पुस ११ र १३ गते बसेको बैठकले पुनः जाँच तथा छुट सर्वेक्षण, २०७५ एवं २०७६ बाट सङ्कलित लगतको विश्लेषणबाट विभिन्न जिल्लामा लाभग्राही थप गर्ने निर्णय गरेको हो ।

प्राधिकरणले तीन हजार ७६ प्रबलीकरण लाभग्राही थप गरेको छ भने ५२ हजार ९९८ गुनासोकर्तालाई गैर लाभग्राही कायम गरेको छ । मङ्सिर तेस्रो साता बसेको समितिको बैठकले ४२ हजार ७४२ गुनासो सम्बोधन गरी चार हजार ६४४ पुनःनिर्माण लाभग्राही थप गरेको थियो । यसैगरी दुई हजार ६०९ जनालाई प्रबलीकरण लाभग्राही कायम गरेको थियो । छुट तथा पुनःजाँच सर्वेक्षणअन्तर्गत सङ्कलित कूल एक लाख ८९ हजार लगतमध्ये हालसम्म एक लाख १३ हजार ४३ को निर्णय भइसकेको प्राधिकरणले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x