कामना सेवा विकास बैंकद्वारा ६ शाखा थप

काठमाडौं, १४ पुस । कामना सेवा विकास बैंकले ६ वटा नयाँ शाखा सञ्चाालनमा ल्याएको छ।

बैंकले प्रदेश नं. ३ मा काठमाडौंकोे चपली, कुलेश्वर, बालाजु र बौद्घमा नयाँ शाखा सुचारु गरेकोे हो । त्यस्तै प्रदेश नं. ५ को रुपन्देहीकोे कञ्चन गाउँंपालिका स्थित गरगरे र सियारी गाउँपालिकाको पडसरीमा गरी कुल ६ वटा नयाँ शाखा सञ्चालनमा ल्याएको हो । काठमाडौंको ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको यस बैंकको कुल शाखा संख्या १ सय १४ पुगेको छ।

व्यावसाय विस्तारको क्रममा नवीनतम प्रोडक्टहरु तथा वृहत शाखा सञ्जाल मार्फत आफ्ना ग्राहकहरुलाई समय सापेक्ष उच्चस्तरको बैंकिङ्ग सेवा सुविधाहरु उपलब्ध गराउन आगामी दिनमा अन्य स्थानमा पनि शाखा थप गर्दै जाने बैंकले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *