Date

बुध, बैशाख १२, २०८१
Wed, April 24, 2024

धितोपत्र बोर्डको अध्यक्षका लागि सटलिस्टमा परेका पाँचै जनाको आज अन्तर्वार्ता

धितोपत्र बोर्डको अध्यक्षका लागि सटलिस्टमा परेका पाँचै जनाको आज अन्तर्वार्ता

काठमाडौं, १४ पुस । नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि सटलिस्टमा परेका पाँच जनाको आज अन्तर्वार्ता हुँदैछ । राष्ट्रिय योजना आयोगका सदस्य रामकुमार फुयालको संयोजत्वमा गठित समितिले आज दुई बजेपछि पाँचै जनाको अन्तर्वार्ता लिने छ ।

समितिमा फुयाल सहित राजस्व सचिव शिशिर ढुंगाना र आइक्यानका अध्यक्ष कृष्ण आचार्य सदस्य छन् ।

अध्यक्षका लागि नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक भिष्मराज ढुंगाना, नेपाल स्टक एक्सचेञ्जका पूर्व महाप्रबन्धक सिताराम थपलिया, बोर्डकै कार्यकारी निर्देशक निरज गिरी, उपकार्यकारी निर्देशक डा. नवराज अधिकारी र केशव श्रेष्ठ सर्टलिस्टमा परेका छन् ।

अन्तर्वार्ता पश्चात समितिले तीन जनाको नाम सिफारिस गर्ने छ । त्यसमध्यबाट मन्त्रीपरिषद् बैठकले अध्यक्ष नियुक्ती गर्नेछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x