Date

बिहि, बैशाख ४, २०८२
Thu, April 17, 2025

धितोपत्र बोर्ड अध्यक्षमा ढुंगाना, गिरी र श्रेष्ठ सिफारिश

धितोपत्र बोर्ड अध्यक्षमा ढुंगाना, गिरी र श्रेष्ठ सिफारिश

काठमाडौं, १५ पुस । नेपाल धितोपत्र बोर्डको आगामी अध्यक्षका लागि सिफारिश समितिले तीन जनाको नाम छनौट गरी अन्तिम निर्णयका लागि मन्त्रिपरिषद्मा पठाउने भएको छ । सिफारिश समितिले बार्ड अध्यक्षका लागि भीष्मराज ढुंगाना, केशव श्रेष्ठ र निरज गिरीको नाम सिफारिश गरेको छ ।

राष्ट्रिय योजना आयोगका सदस्य रामकुमार फुयाँल, राजस्व सचिव शिशिर कुमार ढुंगाना र नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था (आइक्यान) का अध्यक्ष कृष्णप्रसाद आचार्य सम्मिलित छनौट समितिले सोमबार आवेदकहरुको अन्तर्वार्ता र प्रस्तुतीकरणका आधारमा तीन जना प्रतिस्पर्धी छनौट गरेको हो ।

यो सूची अर्थमन्त्रीले मन्त्रिपरिषद्मा पेश गर्नेछन् र मन्त्रिपरिषद्को बैठकबाट अन्तिम निर्णय हुनेछ । यसअघि सर्ट लिस्टिङमा परेका पाँच मध्ये धितोपत्र बोर्डकै उपकार्यकारी निर्देशक नवराज अधिकारी र यसअघि नेप्सेमा महाप्रबन्धक रहेका सीताराम थपलिया सूचीबाट बाहिरिएका छन् । थपलिया भने अन्तर्वार्ता र प्रस्तुतीकरणमा उपस्थित नै भएनन् ।

आवेदन दिएकाहरुको व्यक्तिगत विवरण, कार्यानुभव आदिको मूल्यांकनपछि अन्तर्वार्ता र प्रस्तुतीकरण राखिएको थियो । प्रस्तुतीकरण र अन्तर्वार्ताबाट समितिले भीष्मराज ढुंगाना, निरज गिरी र केशव श्रेष्ठलाई छनोट गरेको राजस्व सचिव शिशिर कुमार ढुंगानाले जानकारी दिए ।
ढुंगाना नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक हुन् । अर्थमन्त्री डा. युवराज खतिवडासँगको निकटताका आधारमा उनले राष्ट्र बैंकबाट सेवा निवृत्त भएलगत्तै धितोपत्र बोर्डको विज्ञ सदस्यका रुपमा नियुक्ति पाएका छन् । निरज गिरी बोर्डका कर्मचारी हुन् । उनी कार्यकारी निर्देशकका रुपमा कार्यरत छन् । उनले यसअघिदेखि नै अध्यक्षका लागि स्पर्धा गर्दै आएको छन् । केशव श्रेष्ठको गैर सरकारी क्षेत्र र दातृ निकायसँग काम गरेको अनुभव छ । उनले केयर नेपाल र प्लान इन्टरनेशनलमा काम गरेका थिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x