कृषि क्षेत्रमा भएका समस्या समाधान गर्न सबै एक हुन आवश्यक छ : कृषि मन्त्री भुसाल

काठमाडौं, १५ पुस । कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसालले कृषि क्षेत्रमा भएका समस्या समाधानका लागि एकिकृत रुपमा सरकार, निजी क्षेत्र र सहकारी क्षेत्र मिलेर अगाडि बढ्नु पर्ने बताएका छन् । सोमबार नेपाल चेम्बर अफ कमर्सले आयोजना गरेको “नेपालमा कृषि क्षेत्रका व्यवसायीकरणमा निजी क्षेत्रको भूमिका” विषयक अन्र्तक्रिया कार्यक्रममा मन्त्री भुसालले कृषि उत्पादनमा वृद्धि गर्न निजी क्षेत्रले पनि सोच्न पर्ने अवस्था आएकोले त्यसतर्फ सजक भएर अगाडि बढ्न निजी क्षेत्रलाई आग्रह गरेका हुन् ।
उनले निजी क्षेत्र र सरोकारवालासँग छलफल गरी कृषिको विकासमा आफूले ढृड संकल्पकासाथ कामगर्ने बताए । कृषि जटिल विषय भएको र त्यस क्षेत्रमा भएका समस्या सुल्झाएर मात्र विकासको गतिमा अगाडि बढ्न सम्वभ हुने भन्दै त्यसको लागि निजी क्षेत्रलाई आफ्नो पक्षबाट आवश्यक सहयोग गर्ने पनि मन्त्री भुसालले बताए ।
त्यस्तै चेम्बरका अध्यक्ष राजेश काजी श्रेष्ठले कृषिकर्जा सहज रुपमा उपलब्धता हुनुपर्ने बताए । उनले कृषि विज, विउहरु खरिद गर्न सस्तो सुलभ र सहुलियनपूर्ण व्यवस्था हुन सरकारले अनुदान दिनु पर्ने बताए । कृषि उत्पादनमा भन्सार शुल्क वृद्धि हुँदा उपभोतmा बढि मारमा पर्ने र नेपालमानै कृषि बस्तु उत्पादन भएमा आयातित बस्तु प्रतिस्पर्धी हुन नसक्ने अध्यक्ष श्रेष्ठको भनाई छ ।