Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

ज्योति विकास बैंकले गर्यो एकैदिन थप ३ नयाँ शाखा विस्तार

ज्योति विकास बैंकले गर्यो एकैदिन थप ३ नयाँ शाखा विस्तार

काठमाडौं, १५ पुस । ज्योति विकास बैंकले एकैदिनमा थप ३ वटा नयाँ शाखा कार्यालयको विस्तार गरेको छ । बैंकले सोमबार ललितपुर महानगरपालिकाको झम्सीखेल, नागार्जुन नगरपालिकाको सीतापाईला र काठमाडौं महानगरपालिकाको रातोपुलमा नयाँ शाखा विस्तार गरेको हो । ललितपुरको झम्सीखेल शाखाको उद्घाटन ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले गरेका छन् ।

त्यसैगरी, सीतापाईला शाखाको उद्घाटन बैंकका पूर्वअध्यक्ष तथा संस्थापक शेयरधनी ध्रुवकुमार उप्रेतीले गरेका हुन् भने रातोपुल शाखाको उद्घाटन संचालक समितिका सदस्य जगदीश्वरप्रसाद अधिकारीले गरेका हुन् । बैंकिङ्ग सेवाको पहुँच थप विस्तार गर्दै जनतामाझ पुर्याउने उद्देश्यकासाथ ज्योति विकास बैंकले ३ नयाँ शाखा संचालनमा ल्याएको जनाएको छ ।

हाल २ लाख ४० हजारभन्दा बढि खाताबाट ३१अर्ब रुपैयाँभन्दा बढि निक्षेप संकलन गरी २० हजारभन्दा बढि ऋणीलाई २६ अर्बभन्दा बढि लगानी गर्न सफल भएको बैंकले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x