आगामी पुस २५ र २६ गते ‘जेम एण्ड ज्वेलरी एक्स्पो –२०२०’ हुने

काठमाडौं, १६ पुस । आगामी पुस २५ र २६ गते काठमडौंमा तेश्रो नेपाल ‘जेम एण्ड ज्वेलरी एक्स्पो – २०२०’ हुने भएको छ । नेपाल रत्न तथा आभुषण संघले नेपालका मौलिक र अत्याधुनिक गरगहनाहरुबारे विस्तृत जानकारी गराउने उद्देश्यसहित यो एक्पो आयोजना गर्न लागेको हो ।

पुस २५ गते शुक्रबार नेपाली मौलिक गहनाहरुको “फेशन शो” आयोजना गरिने संघले जनाएको छ । “फेशन शो” मा भारत लगायत अन्य केही मित्र राष्ट्रहरुका ख्याति प्राप्त विशिष्ट कलाकारहरु समेत नेपाली आभुषणहरुका साथ प्रस्तुत हुने जनाइएको छ ।

एक्पोमा करिव ४० वटा ज्वेलर्स कम्पनीहरुले आफ्ना उत्पादनहरु प्रर्दशन गर्ने संघले जनाएकोे छ । दश हजार भन्दा बढीले एक्स्पो अवलोकन गर्ने अनुमान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *