कुमारी बैंकको २१ औं शाखारहित बैंकिङ्ग सेवा कास्कीको छोम्रोंगमा

काठमाडौं, १६ पुस । कुमारी बैंकले कास्कीको अन्नपूर्ण – ११, छोम्रोंगमा शाखारहित बैंकिङ्ग सेवा सुचारु गरेको छ । उक्त शाखा रहित बैंकिङ्ग सेवाको उद्घाटन मंगलबार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ्गले गरेका हुन् । उक्त सेवाको उद्घाटन गरेसँगै मुख्यमन्त्री गुरुङ्गले शाखारहित बैंकिङ्ग सेवाका लागि आवश्यक मेशिन मिकाश गुरुङ्गलाई हस्तान्तरण गरे ।
बैंकले कास्कीमा पोखरा, लेकसाइड र बिरौटा शाखामार्फत सेवा दिँदै आएको छ । हाल बैंकले एक सय १९ शाखा संजाल, एक सय १५ वटा एटीएम्, ५ एक्सटेन्सन काउन्टर तथा २१ शाखारहित बैंकिङ्ग ईकाईहरु मार्फत दिँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *