पाँच महिनामा साढे ५ खर्ब व्यापार घाटा

काठमाडौं, १७ पुस । चालु आर्थिक वर्ष २०७६/७७ को मंसिरसम्ममा मुलुकले ५ खर्ब ३३ अर्ब ६४ करोड रुपैयाँ बराबरको व्यापार घाटा व्यहोरेको छ। यो रकम गत आवको सोही अवधिको तुलनामा ६ दशमलव ३० प्रतिशतले कम हो। गत आर्थिक वर्षको मंसिर मसान्तसम्ममा नेपालको कुल व्यापार घाटा ५ खर्ब ६९ अर्ब ४९ करोड ४७ लाख रुपैयाँ बराबर थियो।

नेपालले चालु आवको पहिलो ५ महिनाको अवधिमा ५ खर्ब ८१ अर्ब २५ करोड ७१ लाख रुपैयाँ बराबरको वस्तु आयात गरेको छ भने ४७ अर्ब ६१ करोड ६८ लाख रुपैयाँ बराबरको निर्यात गरेको छ । कुल ६ खर्ब २८ अर्ब ८७ करोड ३९ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा आयात ६ खर्ब ७ अर्ब रुपैयाँ बराबर र निर्यात ३७ अर्ब २५ करोड गरी कुल ६ खर्ब ४४ अर्ब ४९ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेको थियो। गत आवको तुलनामा चालु आर्थिक वर्षको पहिलो ५ महिनामा आयात ४ दशमलव २४ प्रतिशतले घटेको छ भने निर्यात २६ दशमलव ९७ प्रतिशतले बढेको छ।

यो अवधिमा कुल वैदेशिक व्यापारमा आयातको हिस्सा ९२ दशमलव ४ प्रतिशत र निर्यातको हिस्सा ७ दशमलब ६ प्रतिशत बराबर देखिएको छ। गत आर्थिक वर्षको तुलनामा कुल वैदेशिक व्यापारमा निर्यातको हिस्सा ३० दशमलव १३ प्रतिशतले बढेको छ भने आयातको हिस्सा १ दशमलव ८६ अंकले घटेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *