Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

भ्रमण बर्षको शुभारम्भ, नेपाल घुम्न विश्वलाई राष्ट्रपतिको निम्तो

भ्रमण बर्षको शुभारम्भ, नेपाल घुम्न विश्वलाई राष्ट्रपतिको निम्तो

काठमाडौं, १७ पुस । २० लाख पर्यटक भित्राउँने लक्ष्य सहित सरकारले बुधबार भ्रमण वर्ष २०२० को घोषणा गरेको छ । जनवरी एक तारिखमा दिन राजधानीको दशरथ रंगशालामा भव्य समारोहका बिच राष्ट्रपति विद्या देवी भण्डारीले शुभारम्भ गरेकी हुन् ।

भ्रमण वर्षको शुभारम्भ गर्दै राष्ट्रपति भण्डारीले नेपाल बिश्वकै सुन्दर देश भएकोले सबैलाई भ्रमण को निम्तो समेत दिएकी छिन । भ्रमण वर्ष लाई सफल बनाउन हाम्रो दायित्व हो राष्ट्रपति भण्डारीले भनिन् ,पर्यटन उद्योगले समृद्व नेपाल र सुखी नेपालको सपना पूरा हुन्छ । अब नेपालमा गन्तव्य गन्तव्य बिच प्रतिस्पर्धा गर्न आवश्यक रहेको बताउदै पर्यटकहरू आनन्द भन्दा नयाँ अनुभव लिने सोचमा रहेको बताईन ।

संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले पर्यटनका लागि भर्जिन ल्याण्ड भएको बताएका छन । भ्रमण बर्ष २०२० को शुभारम्भलाय सम्वोधन गर्दै मन्त्री भट्टराईले नेपाल घुम्न आउन अनुरोध गरेका हुन । भ्रमण वर्षको बुधबार सातै प्रदेशमा पनि उदघाटन गरिएको छ । उदघाटन अघि बिभिन्न जातजातिको झाँकि प्रदर्शन गरिएको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x