Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर २ रुपैयाँ बढ्यो

पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर २ रुपैयाँ बढ्यो

काठमाडौं, १६ पुस । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । पेट्रोल, डिजेल र मटितेलमा प्रतिलिटर दुई रुपैयाँ मूल्य बढेको नेपाल आयल निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए ।

नयाँ मूल्य अनुसार पेट्रोलको मूल्य काठमाडौं (थानकोट), सुर्खेत र दिपायलमा रु. १११ प्रति लिटर, पोखरा, दाङ्गमा रु. ११०.५० प्रति लिटर र अन्य तराई क्षेत्र (चारआली, विराटनगर, महेन्द्रनगर (धनुषा), विरगञ्ज, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज र धनगढी) मा रु. १०९.५० प्रति लिटर कायम गरिएको निगमले जनाएको छ । त्यस्तै, डिजेलरमट्टितेलको खुद्रा विक्री मूल्य काठमाडौं (थानकोट), सुर्खेत र दिपायलमा रु. १०० प्रति लिटर, पोखरा, दाङ्गमा रु. ९९.५० प्रति लिटर र अन्य तराई क्षेत्र (चारआली, विराटनगर, महेन्द्रनगर (धनुषा), विरगञ्ज, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज र धनगढी) मा रु. ९८.५० प्रति लिटर कायम गरिएको निगमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
जनवरी २०२० मा प्राप्त पेट्रोलियम पदार्थको नयाँ अन्तराष्ट्रिय बजार मूल्य बमोजिमको खरिद मूल्य केही बढेर आएको हुदाँ “पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणाली कार्यान्वयन कार्यविधि, २०७१” अनुसार निगमले बुधबार मध्यरातिदेखि लागू हुनेगरी पेट्रोलियमको मूल्य बढाएको हो ।

निगमले भारतीय आयल निगम (आइओसी)बाट अंग्रेजी क्यालेण्डर अनुसार हरेक महिनाको १ र १६ तारिखमा अन्तर्राष्ट्रिय बजारमूल्य अनुसारको मूल्यसूची प्राप्त गर्दै आएको छ । सोही अनुसार निगमले मूल्य समायोजन गर्दै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x