Date

शुक्र, कार्तिक ९, २०८१
Fri, October 25, 2024

नेप्सेमा ३.४७ अंकले सुधार, कारोबार रकम घट्यो

नेप्सेमा ३.४७ अंकले सुधार, कारोबार रकम घट्यो

काठमाडौं, १६ पुस । साताको चौथो कारोबार दिन बुधबार (आज) नेप्से परिसूचक बढेर बन्द भएको छ । मंगलबार १.९२ अंकले गिरावट आएको नेप्से परिसूचक आज ३.४७ अंक वृद्धि भई ११६९.५० विन्दुमा रोकिएको हो ।

आज नेप्से परिसूचकमा वृद्धि भएको भएपनि बुधबारको तुलनामा कारोबार रकम ७ करोड रुपैयाँ कम भएको छ। बुधबार ४४ करोड २२ लाख रुपैयाँको कारोबार भएकोमा आज ३७ करोड २९ लाख रुपैयाँको मात्र कारोबार भएको हो ।

एक सय ७६ कम्पनीको ११ लाख ७५ हजार ३ सय १३ कित्ता सेयर खरिद–विक्री भएको छ । सबैभन्दा बढी सेयर कारोबार ओरियन्टल होटलको भएको छ । उक्त कम्पनीको २ करोड ९५ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको हो । कारोबारमा आएका १२ समूहमध्ये ४ वटा समूहको परिसूचकमा गिरावट आएको छ भने बाँकी ८ समूहको परिसूचकमा वृद्धि भएको छ । आज सबैभन्दा बढी जीवन बीमा समूहको परिसूचकमा गिरावट आएको छ । जीवन बीमाको ८२.३६ अंकले परिसूचकमा गिरावट आएको हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x