Date

शुक्र, कार्तिक ९, २०८१
Fri, October 25, 2024

साँघुरिदै व्यापार घाटा

साँघुरिदै व्यापार घाटा

काठमाडौं, १६ पुस । चालु आर्थिक वर्षको पाँच महिनामा ५ खर्ब ३३ अर्व ६४ करोड रुपैयाँ व्यापार घाटा भएको छ। गत आर्थिक वर्षको सोही अवधिमा मुलुकको व्यापार घाटा ५ खर्ब ६९ अर्व ४९ करोड रुपैयाँ थियो ।

भन्सार विभागको तथ्यांक अनुसार चालु वर्षको यो अवधिमा व्यापार घाटा ६.३ प्रतिशतले घटेको हो । पाँच महिनामा ५ खर्ब ८१ अर्ब २५ करोड रुपैयाँको सामान आयात भएको छ भने ४७ अर्ब ६१ करोड रूपैयाँको निर्यात भएको छ।

भारतबाट ३ खर्ब ४९ अर्ब ६३ करोड रुपैयाँको आयात हुँदा ३२ अर्ब ५६ करोड रुपैयाँको निर्यात भएको छ। त्यस्तै चीनबाट १ खर्ब २ अर्ब ४७ करोड रुपैयाँको आयात हुँदा ८६ करोडको निर्यात भएको छ। नेपालको व्यापार घाटा यी दुई मुलुकसँग धेरै छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x