Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

सिमेन्ट र छड उद्योगमा मन्दीको प्रभाव बैंकिङ प्रणालीमा तरलता बढ्दै

सिमेन्ट र छड उद्योगमा मन्दीको प्रभाव बैंकिङ प्रणालीमा तरलता बढ्दै

शंकर पण्डित

काठमाडौं, १७ पुस । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा लगानी योग्य रकम (तरलता) भएपछि नगद खिच्न लागेको छ । राष्ट्र बैंकले आज १० अर्ब रुपैयाँको ‘रिभर्स रिपो’ मार्फत नगद खिच्न लागेको हो । एक हप्ताका लागि वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरुले लगानी गर्न पाउने गरी रिभर्स रिपो जारी गरेको छ ।

गत वर्षसम्म यो समयमा बैंकिङ प्रणालीमा तरला अभाव हुने गथ्र्यो । आर्थिक वर्षको सुरुवातदेखिनै आक्रामक रुपमा कर्जा लगानी गर्ने बैंकहरुको प्रवृत्तिका कारण बैंकिङ प्रणालीमा सधै तरलता अभावको समस्या निम्तिने गरेको थियो । त्यसलाई कम गर्न राष्ट्र बैंकले बजारमा पैसा पठाउनुपर्ने अवस्था आउने गर्दथ्यो । तर यो पटक पस्थिती ठिक उल्टो भएको छ।

चालु आर्थिक वर्षमा कर्जाको त्यती धेरै दबाव नपरेको सिद्धार्थ बैंकका प्रमुख कार्यकारी अधिकृत शम्भुनाथ गौतम बताउछन् । ‘चालु आर्थिक वर्षको अहिले सम्म कर्जाको ठुलो दबाव छैन,’ उनले भने, ‘तर राज्यले खर्च प्रणालीमा सुधार गरेको र अन्य स्रोतहरु पनि बढेकाले तरलता सहज भएको भने होइन । अहिले माग नै कम छ ।’

सिमेन्ट तथा फलामे छड लगायतका पूर्वाधार क्षेत्रमा शिथिलता आएकाले कर्जाको माग कम भएकाले उनले बताए ।

सिमेन्ट तथा फलामे छडको व्यापारमा मन्दी आएपछि कम्पनीहरूलाई बैंकको कर्जा भुक्तानी गर्नै नसक्ने अवस्थामा गुज्रिएका छन् । भुकम्पपछिको पुनर्निर्माणले गर्दा विगत वर्षमा सिमेन्ट, छडको माग बढेको थियो । पुनर्निर्माणको काम सम्पन्न हुने क्रममा छ भने अन्य विकास निर्माणको अवस्था एकदमै धीमा गतिमा भइरहेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार पुसको दुईसातामा बैंकहरुमा २८ अर्व रुपैयाँ निक्षेप थपिएको छ भने २२ अर्व रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।

चालु वर्ष सुरु भएयता बैंकहरुले १ खर्ब ५१ अर्व निक्षेप संकलन गरि १ खर्ब ९२ अर्व रुपैयाँ कर्जा प्रवाह गरेको राष्ट्र बैंकका प्रवक्ता डा. गुणकर भट्टले जानकारी दिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x